Posted by: Birkhe_Maila September 25, 2008
Login in to Rate this Post:
0
?
बिर्खे उबाच- " हे महापापिष्ट पुन्टेन्द्र प्यारा परियार, अत्यन्त सुन्दर, रमणीय, बिभिन्न पुष्प तथा झरना खोलाहरुले शोभायमान यस चौतारीको पवीत्र भूमीमा, म नभएको समय पारी तिमी पापिष्टले यस भूमीलाई प्रदूषीत पारेछौ! हे महापापी! हे महाअज्ञानी! हे महामूर्ख! हे पथभ्रष्ट! म यो श्राप दिन्छु कि, तिम्रो कम्फूटार कहिलेपनि नबनोस! तिम्रा कपालमा जति बोटबिरुवा रोपे पनि सबै डढुवा रोगले सखाप होउन्। तिम्रा शत्रु मात्र हैनन मित्रजनहरुले समेत आफ्ना हत्केलामा थु गरेर तिम्रा थाप्लामा बजाऊन्। स्वर्गको ईन्द्रसभामा नानाभाँति वस्त्रअलंकार पहिरिएर अप्सराहरु नाच्दा गन्धर्वले तबलाको सट्टा तिम्रै तालु बजाएर मनोरंजन लिउन्!
हरि ओम तत्सत!
हे ठुली, तिमिले भनेका सम्पूर्ण दाईहरुले सबैले मोटो मोटो हिराको हार किनिदिए भने तिमिले सबै लगाउँदा हिराको हारले थिचिएर तिमीलाई दुख हुन्छ भन्ने कुरा मात्र म एउटा दाईलाई थाहा रहेछ, तसर्थ, म तिमीलाई लगाउँदा समेत कुनै बोझ थाहा नहुने हलुका भन्दा पनि अत्यन्त अलुका सिलाबरको हार तीहारमा दिने बिचार गर्दै छु!