Posted by: Birkhe_Maila September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
हे पापिष्ट पुन्टेन्द्र, हे पैशाचिक मुनि तिम्रा प्रदुषित थुतुनोबाट आएको यस दुषित श्रापले यो सुर्य भक्त, चन्द्र भक्त, पृथ्वी भक्त, शिव भक्त, कृष्ण भक्त, भक्तहरुको पनि भक्तलाई केहि गर्न सक्दैन। हे, धरतीबोझिय मुनी, तिम्रा श्रापले केहि गरे भने यो बिर्खे मुनिको एउटा केश भाँच्ला, त्यसता केश त यो मुनिको शरीरभरि छन्। हे देवताहरुको शत्रु पुन्टेन्द्र, पुरि खान खोज्दा तावा बनेमा यो बिर्खेन्द्र मुनि उक्त तावामा हजारौँ पुरि बनाएर सम्पूर्ण जगतलाई खुवाउने छ। चना खान खोज्ला बाख्राका बडकौँला बने यो बिर्खेन्द्र मुनि उक्त बडकौँला बारिमा छरेर हजारौँ मन चना उमारेर जगतलाई खुवाउने छ। हे पापिष्ट तिमि कस्ता भने, अपराधि हरुका पनि अपराधि, पियक्कडका पनि पियक्कड, बाह्रमासेहरुका पनि बाह्रमासे, कोक्ल्याँटेहरुका पनि कोक्ल्याँटे, जब्बरस्वाँठहरुका पनि जब्बरस्वाँठ यस्ता तिमीलाई दैव लागेर अन्नको एक सिता पनि मुखमा नपरोस र भोकले अत्यन्त व्यग्र भएर " हा चना!" भन्दै ब्रम्हानड डुल्न परोस, र पुकारले चना भेटिए पनि पहिले चौतारी नगरमा विचरण गर्ने 'चना तरकारी' मुनि भेटियुन अन्न कहिल्यै नभैटियोस।
हरिओम तत्सत्
Read Full Discussion Thread for this article