Posted by: Birkhe_Maila September 25, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
हे पापिष्ट पुन्टेन्द्र प्यारा परियार, यो वृद्ध बिर्खे मुनि एक युगको तपश्या पश्चात केहि भोजन गरौँ भन्ने मनशाय लिइ सात्विक रोटिको भोजनहेतु, बसेको समयमा, औसनि समेत हाल्न नपाउँदै तिम्रा कुत्सित नजरले भोजनलाई बिषाक्त बनाइदियौ। हे, सुलसुले मुनि पुन्टेन्द्र यसरी तपस्वि ब्राम्हणले गर्न लागेको भोजनको गाँसमा जसरि तिमीले दुषित नजर लगाएर पाप गर्यौ त्यसै गरि तिम्रा कपालले पनि मल जल केहि नपाउँदा टाउकोको उत्तर ताक्लामकान मरुस्थल जस्तो बनोस, टाउकोको दक्षिण कालाहारि मरुस्थल जस्तो बनोस, टाउकोको मध्य सहारा मरुभुमि जस्तो बनोस्!
हरि ओम तत्सत्!
Read Full Discussion Thread for this article