Posted by: Birkhe_Maila September 24, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

ओहो ट्रेलर है! ल सानो ट्रेलर राख्छु है, कथा चाहिँ अलि पछि नै आउँछ हतार नगरम है? :)

 

कथा चौतारीको- दोश्रो मौसम (ट्रेलर)

 

बिस्टे बुढा रातोपूल तरेर गौशालातिर हिँड्न थाले।

फाल्गुनको बिहानी थियो र करिव १० बजेको भए पनि खुल्ला आकाश भएर होला बुढालाई घाम, पोल्ने लाग्न थालिसकेको थियो। सडकभरि टेक्सी, टेम्पो, बस, माइक्रोबस र मोटरसाइकलहरुको जात्रा थियो, त्यसमाथि कमिलाको गोला फुटेको जस्तो गरेर मान्छेहरुका ताँती आउन र जानमा व्यस्त थिए। गाडिका आवाजहरु, अनियन्त्रित हर्न बजेका र मान्छेहरु कराएका, गफ गरेका, कतै रेडियो क्यासेट बजिरहेका कोलाहाल, शायद यहाँ मात्र हैन सम्पूर्ण काठमान्डौमा व्याप्त  थियो।

बिस्टे बुढा एउटा रुमालले नाक र मुख छोपेर सडकमा उडेको धुलोबाट आफ्नो फोक्सो जोगाउने निरर्थक प्रयास गर्दै फटाफट हिँड्दै थिए। उनको यो प्रयासमा धुलो सिधा नाकमा त आउन पाउँदैनथ्यो तर, रुमालमा गुम्सिएर, धुलाका कणहरु घुमाउरो बाटो गर्दै पसिनाको गन्ध मिसाएर बुढाको नाक हुँदै फोक्सोमा छिर्दै थिए। बसहरु गुड्दै थिए र प्रत्येक गुडेको बसले उडाएको धुवाँ देखेर बुढा रुमालले नाक मुख छोप्थे र धुलो बुढाको नजिकै पुग्दा बुढा धुलो देख्दैनथे र रुमाल हटाएर लामो सास फेर्न थाल्दथे, फलत: लामो सास फेर्दा धेरै धुलोहरु बुढाको फोक्सोमा पुग्दथे।

------

 

दीपिकालाई फेरि रिस उठ्यो, उसले अझै यतै हेरिरहेको रहेछ।

काम न काजको केटा, कहिले केटि नदेखेको जस्तो!

मनमनै भन्दै उसले कौसिबाट टाउको अन्यत्र घुमाइन र फेरि पढे जस्तो गर्न थालिन्। कौसिको ढोकामा कोहि आए जस्तो लागेर फेरि ढोकातिर फर्किन् तर घाममा किताबका अक्षरहरु धेरैबेर हेरेकोले होला अँध्यारो मात्र देखिन्। उनले गन्धले थाहा पाइन, उनकि आमा आएकी रहिछन्। उनले एक उपेक्षित नजरले आमा आउँदै गरेको अँध्यारो तिर हेरिन् र एकपटक कर्के नजरले सामुन्नेको घरको कौसिमा पुलुक्क हेरिन्।

महाशय त्यहिँ कौशीमै बिद्धावारिधी गरौँला जसरि उहि मोटो किताबमा घोत्लिँदै रहेछन्!

 

------

असलि जलप हो बाज्या, टिम् बाचुन्जेल जाडैन ल, ग्योभ्ने मलाई समाट्न आउ ल

त्रिरत्नमाननले सुनको जलप लाको गणेश बिर्खे बुढालाई दियो। पसलेको कुरामा अलि अलि शंका मान्दै भए नि बुढाले गणेशको मुर्तिलाई झोलामा हुले र पैसा दिएर बाहिर निस्क्ए!

ग्वाँचेको अझै अत्तो पत्तो छैन, बजियाले यो बर्ष नि किस्न अस्टमिमा दीपेको पछि लार दुख दियो -- भन्दै भाउन्नेर हिँडेका पुर्व गएँ भनेर पश्चिम लागेछन्। असन जान हिँडेका बुढा ताम्सिपाखाको ओरालो झर्न थाले।

मनमनै दीप, नेप्चेदेखि लिएर अलि अलि रिस उठेका सपैलाई सम्झँदै सराप्दै गर्दा एकै पटक सिनो गनाएको जस्तो गनाएपछि  बुढाले यसो मुन्टो ठाडो गरेर हेरेका त छेउमा थुपारेको फोहोरको डुङ्गुर देखियो र उनलाई उल्टो बाटो हिँडेको थाहा भयो! त्यताबाट फरक्क फर्केर बुढा फेरि पूर्व हानिए।

नरदेवी पुगेपछि बुढालाई भोक लागेको आभाष भयो। ईँजार छामे, हातमा पैसोको खस्रो स्पर्ष पाएपछि बुढा ओठमा जिब्रो फिराउँदै अलि पर हलुवाइले बाहिर पकाउँदै गरेको जेरि टुलुटुलु हेर्न थाले।

 

-----

Read Full Discussion Thread for this article