Posted by: प्रशान्त September 24, 2008
Solidarity to Newar’s struggle for Cultural Rights.
Login in to Rate this Post:     0       ?        

 

नेवारसित हडपेको जग्गा फेरी किनेर बस्ने कुरो छोड्नोस, सरकारले हामीलाइ चाहिने बजेटको ब्यवस्था नगरेर त हेरोस, गुथिको जग्गा एक एक खोसेर लिइन्छ, यो कुरो नोट गरीराख्नुस । तपाइ आफ्नो घर जग्गा काठमाँडौमा छ भने एउटा मित्रवत सुझाव - अहिले नै जाँचबुझ गर्नुस त्यो जग्गा गुथिको पो थियो कि ? त्यतिबेला पैसामा बिक्यो कि घेराबन्दिमा पार्यो कि झुक्कायो कि यी कुराहरु जसलाइ परेको छ त्यसैले जान्दछ ।

मेरो आफ्नै जग्गामा के भयो तपाइलाइ भन्छु । हाम्रो घरायसि वंशावलीमा फेला परेअनुसार आठपुस्ता देखि हामीले भोगचलन गर्दै आएको जग्गा छ, २-३ बर्ष अगाडि त्यो जग्गाको लालपुर्जा बोकेर एउटा खड्का भन्ने मान्छे आयो, जग्गा छोड रे , खेतमा धान रोप्ने समय थियो, लखेटेर गोदगाद पारीयो । अहिले मुद्दा हाल्या छ । घुस सुस ख्वाइन्न मु्द्दा घिटिघिटि छ, एउटा सिकारु वकिललाइ पैसा सैसा दिन सक्दिन लड्ने भए लड भनेर छोडेको छु, तारीख धाउने फुर्सद छैन । मु्द्दा त हारोस न्यायाधिसलाइ गएर काटिन्छ सिधै । मनमा आक्रोश यति छ कि तपाइले मेरो कमेण्टबाट थाहा पाउनु भयो होला ।

माथि भनेको जग्गा निजि जग्गा हो, श्रीपञ्चमि गुथिको एक टुक्रो जग्गा हामी सानो हुँदा नै कुन चाहिले लुटेर खाएछ, बाजेले सुनाउन मात्र सक्नु भयो, के कसरी त्यस्तो भयो केहि थाहा छैन । बाजे बित्नु अगाडि एकपल्ट हेर्न जाँदा ६ आना जतिको सानो टुक्रा रहेछ । काकाहरुले होस हामीसित कागजपत्र छैन मुद्दा लड्न सकिन्न भनेर छोड्ने कुरा गर्नु भयो, त्यतिकै छोडियो । हामी जन्मिनुभन्दा धेरै अगाडि २०२२ सालतिर नापि हुँदा धेरै गोलमाल गरेको छ रे भन्ने हामीले थाहा पायौ । छिमेकको बाजे एकजना, जो आफै मालपोतमा खरदार हुनुहुन्थ्यो उहाँकै गुथिको १६ रोपनि जग्गा अर्कैले उडाइदिएछ, उहाँले समयमै चाल पाएर त्यसलाइ बचाउनु त भयो तर त्यसको लागि २० वर्ष मुद्दा लड्नु पर्यो, मर्नु ६ महिना अगाडि उहाँले त्यो जीत जिन्दगिको सबभन्दा ठुलो खुशी भन्नुभयो हामीसित । त्यसैले यो कुरो तपाइले यहाँ यति हल्का तरीकाले उल्लु भन्याजति हल्का छैन । यो एउटा ठुलो सामाजिक समस्या बनेर बस्यो, तर आन्दोलन र दवावको राजनीति गर्न नखोज्दा यसको पीडा बर्षौबर्षसम्म बाहिर आएन । अब आउँला केहि, केहि यतिकै विलाउला । तर यो सेलाउनेवाला छैन ।

 

From mysansar comment box

Read Full Discussion Thread for this article