Posted by: Rahuldai September 23, 2008
Solidarity to Newar’s struggle for Cultural Rights.
Login in to Rate this Post:     0       ?        
मरुभुमी को पानी जस्तै सोचाइ र ज्ञान रहेछ तपाईंमा। कुरा पशु बली को को होइन। कुरा संसक्रिती माथि को आक्रमण को हो। हिंसा को बिरोधी तपाईं भन्दा बढी हामी गर्छौ। बिरोधी लाई मात्र होइन आफ्नै पार्टिका पनि बिमती राख्ने को गला काट्ने पार्टी को तरफदारी गर्ने ले यो कुरा बुझ्दैन। कौशी तोष खाना ले कती पैसा बली को लागि खर्छ गर्छ? अरु कुनै परम्परागत कर्म को लागि खर्च  गर्दैनन। मान्छे मारेर क्रान्तिकारी भनिएका पि एल ए लाई खान बस्न अनी पकेट खर्च  को लागि करोडौं निकास दिने जायज हो त ? बढी पैरो ले पीडित जनता भोकै छन। प्रचन्ड श्रीमती सहित् अमेरिका यात्रामा निस्केका छन। कती पैसा खर्छ हुन्छ थाहा छ?  ८ जना को टोली को लागि हावाइ टिकेट मात्र पनि इकोनोमी क्लास को लिंदा पनि १६ हजार डलर खर्च  हुन्छ। न्योयोर्क को ५ तारे होटल मा दिन को ५ सय डलर पर्छ। २ दिन मात्र बसे नि प्रती कोठा १ हजार पर्छ। लौ साह्रै मितब्ययी भयौं रे ४ कोठा मात्र को पनि ४ हजार । सामान्य हिसाब ले पनि २० हजार डलर हुन आउछ। जात्रा को लागि खर्छ के त्यो खर्छ बराबर भएन र। माओवादी ले मान्छे मारे नि ठीक , संसक्रिती मारे नि ठीक भन्ने तपाईं जस्ता विद्वान संग बहस गर्न फजुल छ। बुझ्ने बुझी सके, क्रान्तिकारीहरुको कलुषित एजेण्डा। पोल्पोट ले पनि त्यसरी नै राज्य चलाएका थिए। तालिबान ले हजारौं बर्ष पुरानो बुद्ध पनि बम ले उडाए। आज ईन्द्रजात्रा माथि प्रहार भयो, भोली दसैंं तिहार माथि होला। यसैमा रमाएर बस्नु होला। प्रचन्ड बाबुराम भन्दा ठुलो अर्को कुनै राम छैन भनेर।
 
Read Full Discussion Thread for this article