Posted by: chipledhunga September 22, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

जंकीजी, धन्यवाद। तपाईंहरु जस्तै पाठकहरुको न्यानो मायाले त हो नि हाम्रा औंलाहरुले किबोर्डमा बास गर्ने। मिलेसम्म अरु पनि लेख्दै गरिहल्छु नि।
हो नि, भाडा धेरै महँगो नपरे त निकै सजिलो हुन्थ्यो तपाईंहरुको नयाँ सेवाले। सँधै ४ देखि ६ सेग्मेन्टको यात्रा हुने गरेको छ आफ्नो त। 

क्रेजीजी, भनेपछि तपाईं एक कुशल कथाकार मात्रै नभै अत्तर बिशेषग्य पनि हुनुहुन्छ जस्तो छ।
मैले पनि पोहोर साल सुवर्णभूमि (थाइहरुले स्वर्नपूम कि त्यस्तै के भनी उच्चारण गर्दा रहेछन्) बिमानस्थलबाट यात्रा गर्ने मौका पाएको थिएँ। लुइस टाभर्न त त्यहाँ पनि थियो तर बसिएन। अनि खोइ, तपाईंको कथाहरु पढ्न पाइएको छैन नि अचेल, यसो मौका पारी केही कोर्नुहोस् न।

whoIam, पढियो त?
Read Full Discussion Thread for this article