Posted by: Shaanti September 22, 2008
नियति
Login in to Rate this Post:     0       ?        
कहिले जमघट  मा पिए रमाइलो गर्न  
कहिले एक्लै पिए दु:खलाई   भुल्न
कहिले आँशु पिए
कहिले पीडा पिए
पिउनु नै नियति बने पछि
चुपचाप चुपचाप  पीई रहे
पिउनु रहर हुदै होइन
फेरी पानी पीई दिए
पिउदा पिउदा यती पिए
जिंदगी नै रित्याई दिए
आजकल नसा लाग्नै छाड्यो
जिंदगी बाच्न हुदैछ गारो
आफ्नो भन्नु एउटइ मन थियो
त्यों पनि सधै सधै दु:खी रह्यो
Read Full Discussion Thread for this article