Posted by: Pretty September 22, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ

ठाडो जाने उकालो त, तेर्सो जाने चौकी
हामी पनि झिल्के ठिटा, माया लाउने हो कि

सोलु को छुर्पी साह्रै नै मिठो, खाउँ खाउँ लाग्यो नि
मोइच्याङ लाई कती बोलाको मैले, हाँस्दै पो भाग्यो नि

उभो है लेक मा हिड्दै मा जाँदा, बिचै मा चौतारी
गाह्रो है पर्‍यो भेटाउन मलाई, मन मिल्ने दौँतरी
ठाडो जाने उकालो त, तेर्सो जाने चौकी
हामी पनि झिल्के ठिटा, माया लाउने हो कि
ल्हास्सो…

माइच्यङ् ले नाच्यो साह्रै नै राम्रो दम्फु को तालै मा
मोइ खाउँ जस्तो लाग्यो नि मलाई, स्याउ जस्तै गालै मा

घुम्न लाई राम्रो घान्द्रुक हाम्रो, द्योगुना हिल पनि
आइ देउ माया, लाई देउ मलाई, लि-हाल दिल पनि
ठाडो जाने उकालो त, तेर्सो जाने चौकी
हामी पनि झिल्के ठिटा, माया लाउने हो कि
ल्हास्सो…

हैन च्याङ्बा र मोइच्याङ कता हो अचेल?

Last edited: 22-Sep-08 09:34 AM
Read Full Discussion Thread for this article