Posted by: Himalaya178 September 21, 2008
PENDULUM (United marxist and Leninist)
Login in to Rate this Post:     0       ?        

गृह र अर्थमन्त्रीबीच भनाभन

काठमाडौं, (नेस) कुमारी रथयात्रा अवरुद्ध भएको विषयलाई लिएर कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र अर्थमन्त्री डा. बाबुराम भट्टर्राईबीच शनिबार केहीबेर चर्काचर्की परेको छ।


अमेरिका जान लाग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई शनिबार बिदाइ गरी र्फकने क्रममा विमानस्थलको अति विशिष्ट कक्षमा कार्यवाहक प्रधानमन्त्री गौतमले अर्थमन्त्री डा. भट्टर्राईसामु गई भन्नुभएको थियो- ँखै अहिलेसम्म पैसा किन नदिनुभएको -’

गौतमको बोली सकिन नपाउँदै भट्टर्राईले जबाफ फर्काउनुभयो- सबै सुविधा दिएको त हो नि तर आन्दोलन रोक्दैनन् त। अब तपाईंले बुझनोस् आन्दोलनमा कस्ता मान्छे प्रवेश गरेका छन्।’ गौतमले यसबारे बुझने बताएपछि भट्टर्राईले आक्रोशित हुँदै भन्नुभएको थियो- ँअब पनि आन्दोलन नरोकिए म चुप लागेर बस्दिनँ।’

उहाँहरूबीच विवाद बढेको थाहा पाई सञ्चारकर्मीहरू आफूहरूतिर आएको चाल पाएपछि दुवै मन्त्री विपरीत दिशातर्फलाग्नुभएको थियो।

 

 

Read Full Discussion Thread for this article