Posted by: dipika02 September 21, 2008
उही अतितका सम्झना
Login in to Rate this Post:     0       ?        
somewhereondearth
सोम ज्यु, घर पुगेर पढ्न भ्याइसक्नु भएछ खुशी लाग्यो। उता हजुरको कथा पनि मन लगाएर पढिन्छ सधैं। उही आजकल अली ढिलो आउन थालेको छ। समय ले साथ दिएसम्म छिटो टास्नुस् है।
 
hyperthread
hyperthread, पूजा नानी आफ्नो मुस्तन्डे सँग खुशी छे। 
 
Brain Malfunction
Brain Malfunction, मुस्तन्डे खोज्ने सुझाब त पूजा ले दिएकी हो। मैले खोज्छु भनेको हो र? भयो चहिदैन मुस्तन्डे त। म आँफै गर्न सक्छु आफ्नो रक्षा।
 
Parbatya
पर्बत्या ज्यु, बास्केट गर्ने त उही हो, पाएको बेलामा बल बाउन्स सम्म चै गर्थी। उस्लाई खेल्कुद भन्दा अरु नै धेरै कुरामा रुची थ्यो।
 
Narayangarh suburb
नारायण, हा हा हा मुस्तन्डे र मुस्तन्डी को जोडी कस्तो होला? हेर्न मन लाग्यो।
 
chipledhunga
चिप्लु, त्यो नेपाली ले जती दु:ख त केस्ले दिएको छ होला र? % घटाऊने बिषय नै त्यही हो मेरो सधैं।
ट्युसन मा ईमर्जेन्सी लाईट पनि आँफै लग्न पर्ने, त्यो पहिले-पहिले को ईमर्जेन्सी लाईट मलाई पनि थाहा छ, खासा को आउन थाले पछी त कस्तो कच्ची हुने भने दुई हप्ता पनि टिक्दैनथ्यो। फेरी अर्को किन्यो अनी पुरानो पनि त्यँही हुन्थ्यो, पछी त घर भरीएको थ्यो बिग्रेको ईमर्जेन्सी लाईट ले।
 
Nepal Premi
नेपाल प्रेमी ज्यु, पढ्नु भयो त? कस्तो लाग्यो भन्नुस् है? सधैं झै सुझाब र सल्लाहको प्रतिक्षामा छु।
 
Norton
नेत्र हेरन मैले त भनिन बाबालाई। बेक्कार बाबाले खोज्नु भएको मुस्तन्डे कस्तो पर्ने हो कस्तो जस्तो लाग्यो। बरु अली ठुलि हुन्छु अनी आँफै खोज्छु भनेर सोचेँ त्यो बेलामा त।
 
Pretty
सानु त्यही त, कती बढी हेर्नुस् न। उल्टो आफु ठम ठम हिंडेर गई मलाई छोडेर, पछी त सरी पनि छैन उल्टो त्यस्तो कुरा तेस्को। मैले यो कुरा अरु साथीहरुलाई पनि सुनाइसकेकी थिएँ। जो पनि मरी मरी हास्ने। 
 
shubha
शुभु सञ्चै छौ? दिदी र तिम्रो को क्या कुरा मिलेछ। भयो नभन मुस्तन्डेलाई भिनाजु त। मुस्तन्डे त चाहिएन मलाई पनि। 
 
बिस्टे
ओहो मामा टेन्सन भैरबेलामा मेरो कथा पढेर हलुका भयो भनेर क्या खुशी लाग्यो। मेरो प्रयास नै त्यही थियो यो पटक चै। पढेर कसैको दिमागलाई सोच्न वाध्य नगरोस भन्ने। पूजा ले मुस्तन्डे समातेको झन्डै ३ बर्ष नै हुन आँटिसक्यो।
 
cheli
हो चेली पूजा खतरा नै थीइ। मैले मात्रै होइन चिन्नेहरु सबैले भन्छन। 
 
Appu_
अप्पु, स्वागत गरेँ। हौसला को लागि धेरै धेरै धन्यवाद।
 
rahulvai
ठुल्दाइ हो है जमाना चै पूजा जस्तै को हो। अहिले सम्झिदा त मलाई पनि त्यस्तै लाग्छ। जो होचो उस्कै मुखमा घोचो भनेको साँच्चिकै हो। 
 
serial
बल्ल चिनेछ बौचा ले साथीलाई। अब देखी त्या धेरै सोझो-सोझो नभन है? हेप्न खोज्दो रहेछ मलाई।  यस्तो राम्रो कुरा त पहिले नै भन्नु पर्छ नि। बौचा पनि अचम्मकै छ भन्या। केस्लाई कुरेको होला?
अनी तिमी दिउसो खुरु-खुरु आफ्नो काम नगरेर म कता गई भनेर सोचिरा?
 
kalejo
कठै बरा यस्तो ज्ञानी साथी कलेजोलाई कसैले नि हेरेनछन। तिमी फेरी छोरी रिजाउनु सट्टा बालाई रिजाउन थाल्यौ होला अनी के हुन्थ्यो त? भयो त्यो छोडिदेउ अब अर्को चोटि चै पहिले छोरी नै रिजाउ अनी मात्रै बा, आमा, भाई, बहिनी, इस्ट-मित्र सबैलाई रिजाउन थाल।
यो तिम्रो प्रतिसोध हो या प्रायस्चित हो तिमीनै जान तर दुबै को आगोमा नजल साथी। मेरो शुभकामना सधैं भरी तिमीलाई।
 
Harka_Bahadur
हर्क दाई, हो पूजा कहिले मह जस्तो स्वीट पनि हुन्थी फेरी सुर चल्यो भनेत त्यही मह पार्ने माउरी भन्दा डर लाग्दी पनि।
 
kancha01
कान्छा तिमी त खाली मेरै कथा मात्रै कुरेर बस्छौ कि के हो? जहिले त्यही भनेकी सुन्छु। अरु बेलामा फेरी बेपत्ता नै हुन्छौ।
 
kalke
कल्की स्वागत गरेँ। लखाइ उत्तम लागेछ, पढेर खुशी लाग्यो। धन्यवाद!
 
pjna007
हा हा हा सिसु हो भनेको ,मैले खास त्यो बुढोलाई गाली गरेरै भएपनी हात हटाउन खोज्नु पर्ने। त्यस्ले पूजालाई केही गर्न सकेन मलाई त छोड्दै नछोडेको। मलाई हेपेकै हो त्यो बेला मा चै। पछी त पुजेले  जिस्काएर हैरान नै पारेकी थीइ। बरु म भन्दा बलियो त त्यो बुढो ड्राइभर नै रहिछ रे। अरु त कि घरको स्याल बनको बाघ हुन्छन रे कि बनको स्याल घरको चै बाघ, म चै घर को नि स्याल रे बनको नि स्याल रे। 
 
JunkyManiac
जन्की ज्यु स्वागत गरे। अर्को धागो को लागि पनि यही नै धन्यवाद दिन्छु है। ए लौ न त्यस्तो सम्स्मरन हरु त लेख्नुन, हामी छौ नि पढ्न को लागि। कती आफु मात्रै लेख्नु अरुको पढ्न पनि पाउनु पर्‍यो। ल अब चै हजुरको पालो है।
 
crazy_love
मुस्तन्डे भनेको यो भन्ने थाहा भएको भए त भईहाल्थ्यो नि क्रेज।
अबुई त्यस्तो रिसाहा मुस्तन्डे ले त झोक चल्यो भने ठहरै पार्ला भन्ने डर।
फेरी कुन चै को फोटो हेर्यौ तिमीले, केही जगल्टे त छैन है।
ओ सिसु, यो क्रेज ले कस्को फोटो हेरी लौ न, तिमीले नै पठाइदेकी हो, कुन चै पठैदियौ?
 
justareader
अबूइ कस्तो हास्नु भएको।
 
सबै पाठकहरुलाई आफ्नो किम्ती समय दिनु भएकोमा धेरै धेरै धन्यवाद।
 
Read Full Discussion Thread for this article