Posted by: sYaKuuRiolAKU_nchImb September 21, 2008
BRAKING NEWS!!! PAGAL MANTRI MATRIKA RESIGNS!!!!!!!!
Login in to Rate this Post:     0       ?        
मातृकापथ- अमर रहोस् †


माओवादीको प्रचण्डपथलाई सिंहदरबारले सिध्याएपछि नेपालमा मातृकापथको उदय भएको हो । मातृकापथले तीव्रगतिमा छलाङ् मार्दै प्रचण्डपथलाई विस्थापित गरेको छ । नेता मातृका यादवद्वारा प्रतिपादित यस सिद्धान्तको छिटपुट कार्यान्वयनले नै राष्ट्रिय राजनीतिमा हु“डलमुडल ल्याइदिएको छ । वीरपुरुष मातृकाले एक जना कर्मचारीलाई चर्पीमा थुनेर मातृकापथको पहिलो र्सार्वजनिक पाइला चाल्नुभएको होे । -भूमिगतकालमा त्यस्ता पाइला चालिएका भए उहा“को जीवनी लेखकले भविष्यमा प्रकाशमा ल्याउनेछन् ।) त्यो पहिलो पाइलाले नै नेपालमा भ्रष्टाचार रोकिएको हो । मन्त्रीज्यूले त्यसपछि एउटा पनि कर्मचारीलाई शौचालयमा थुन्नु नपरेबाट यसको पुष्टि हुन्छ । वनमन्त्री हु“दा उहा“ले आधारातमा स्वयम् उपस्थित भई आफ्नै हातले रक्तचन्दन समातेपछि तस्करहरू त्राहिमाम भएका हुन् । त्यसपछि आजसम्म रक्तचन्दनको एउटै चोइटो तस्करी भएको सुनिएको छैन । यी घटनापछि मातृकापथले थप गति लिएको हो ।
जनताको चिन्ता नगरी एक मिनेट पनि नबस्नु र कुनै पनि काममा कुनै पनि समयमा मन्त्री स्वयम्ले सोझै र सशस्त्र हस्तक्षेप गर्नु मातृकापथको प्रमुख विशेषता हो । जस्तो कि भूमिसुधारमन्त्री भएपछि नेता मातृका यादवले हतियारधारीको हूल लिएर एउटा सामन्तले बनाउ“दै गरेको पक्की घर आफ्नै हातले भत्काउनुभयो र दुःखी गरिबलाई इ“टा-ढुङ्गा बा“डेर भूमिसुधारसम्बन्धी आफ्नो मौलिक नीति तथा कार्यक्रमको शुभारम्भ गर्नुभयो । उहा“ले जग्गामा हदबन्दी लगाएर सुकुम्बासीलाई बा“ड्न नियम, कानुनै चाहिन्छ भन्ने प्रतिगामी सोचाइलाई ध्वस्त बनाउ“दै जमिनदारहरूका जग्गामा सुकुम्बासी -ती सुकुम्बासी नै हुन् कि होइनन्, उहा“लाई नै थाहा होला) बसाइदिनुभयो । 
मातृकापथले ठूल्ठूला फड्को मार्ने सम्भावना मुलुकका जुनसुकै ठाउ“मा कति छन् कति । एउटा उदाहरण- धादिङको एउटा सामुदायिक वन क्षेत्रबाट भर्खरै गाउ“लेले धपाएका अज्ञात सुकुम्बासीहरूलाई त्यही“ ल्याएर पुनःस्थापना गर्न मातृकापथबाहेक कुनै पथले सक्ने छैन ।  
मातृकापथका अगाडि प्रचण्डपथ त केही न केही † अब प्रचण्डजीले सबै मन्त्रालय हर्ेर्ने जिम्मा मातृकाजीलाई दिए हुन्छ ।  उहा“लाई सम्पर्ूण्ा जिम्मेवारी दिएमा यो देशले चा“डै का“चुली फर्ेर्नेछ । माओवादी पार्टर्ीी पनि लोकप्रियताको शिखर छुनेछ । देशमा संविधान, नियम, कानुनजस्ता लफडा आवश्यक छैन । संविधान नै आवश्यक नभएपछि संविधानसभा पनि विघटन गरेर राष्ट्रिय ढुकुटीको क्षय रोक्न सकिन्छ ।
मातृकापथ अनुसार सरकार चलाउन दिने हो भने पुलिस र सेनाका सबै फोर्सहरू विघटन हुनेछन् । मातृकापथ देशमा लागू भएको भोलिपल्ट जनमुक्ति सेनाले राष्ट्रिय सेनाको रूप लिनेछ । मातृकापथमा किन चाहिन्थ्यो र तीन दर्जन मन्त्रालय - एउटै 'मातृकापथ कार्यान्वयन मन्त्रालय' नै काफी हुनेछ ।  
मातृकापथमा वामदेव, बाबुराम, उपेन्द्र इत्यादि कछुवा, भ्यागुता वा कङ्गारुहरूको कुनै काम हुनेछैन । मातृकारूपी बज्रङ्गबलि हनुमान एक्लैले संसार सम्याउनेछन् । तस्करी, भ्रष्टाचार, सुन्दरी प्रतियोगिता, नाङ्गा नाच, सबको  रामधुलाई हुनेछ । हूलदङ्गा, लुटपाट, वेश्यावृत्ति, जुवातास, सबको र्सवनाश हुनेछ ।
केको प्रचण्डपथ † लागौ“ साथी हो, सबै मातृकापथतिर †
मातृका यादव- जिन्दावाद †
मातृकापथ- अमर रहोस् †

Read Full Discussion Thread for this article