Posted by: bikash kc September 20, 2008
गृहमन्त्री र अर्थमन्त्रीको एयरपोर्टमा झगडा
Login in to Rate this Post:     0       ?        
गृहमन्त्री र अर्थमन्त्रीको एयरपोर्टमा झगडा
 :: नेपाल समाचार
- अमेरिकादर्पण सम्वाददाता
काठमाडौ,असोज ४,सेप्टेम्वर २०/ इन्द्रजात्रा मनाउनका लागि सरकारले सुविधा कटौती गरेको भन्ने विषयले यतिखेर उग्र रुप लिएको छ । स्थानीयबासीले अहिले बसन्तपुर र न्यूरोड क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

हिजोदेखि उत्पन्न विवादका कारण इन्द्रजात्राको अवसरमा बसन्तपुरमा ठड्याइएको लिंगो पनि साइतमा ढाल्न सकिएको थिएन । केही समय अघिदेखि स्थानीय वासी र प्रशासनबीच बार्ताको प्रयास भइरहेको छ । उता, बजेटमा गुठी, बलीलगायत विभिन्न सांस्कृतिक कार्यक्रमका लागि छुट्याइदै आएको रकम काटेपछि सरकारका वरिष्ठ मन्त्रीहरुबीच भनाभन भएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई अमेरिका प्रस्थानका लागि बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र अर्थमन्त्री डा. बाबुराम भट्टराईबीच भनाभन समेत भएको छ ।

अर्थमन्त्री डा‍. भट्टराईले आफूविरुद्ध आन्दोलन उठाएको आरोप गृहमन्त्रीलाई लगाएपछि गौतमले सांस्कृति कार्यक्रमलाई विगतमा रकम छुट्याइने गरिएकोमा यसपालि किन रकम काट्नुभयो भनी प्रश्न गर्नुभएको थियो । भट्टराईले आक्रोशित हुदै मेरो कामभित्र तपाईं किन असर पुर्याउनुहुन्छ भनी प्रतिप्रश्न गर्नुभएको थियो । गौतममाथि आन्दोलन उठाएको आरोप समेत भट्टराईले लगाउनुभएको थियो ।

भट्टराइले गौतमलाई 'मेरोविरुद्ध किन मान्छे उठाउनुहुन्छ ?' भनी प्रश्न गर्नुभएको थियो । भट्टराइको जवाफमा गौतमले सांस्कृतिक समारोहहरुलाई दिइदै आएको रकम काट्न नहुने भन्दै सो कार्यक्रमको लागि आफ्नो मन्त्रालयले रकम दिने निर्णय गरेको बताउनुभएको थियो । गौतमले बजेट दिन कञ्जुस्याई गर्ने अनि ठूलो कुरा गर्ने भनेर भट्टराइविरुद्ध आक्रोश समेत पोख्नुभएको थियो ।

उक्त अवसरमा गृहमन्त्री गौतमले कानुन र अधिकारविपरितको काम र्गन कसैलाई छूट नदिने चेतावनी समेत भट्टराइलाई दिनुभएको थियो ।

http://www.americadarpan.com/

Read Full Discussion Thread for this article