Posted by: Birkhe_Maila September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

चस्मा किनिदिएको त हो नि चेली नानी, बुडिले बर्खमा १२ वटा चस्मा भाँच्छिन् क्यार्नु।

पोर साल चैते दसैँमा किन्द्या चस्मा बैशाख पुर्नेमा मेरा खप्पराँ बजाइन् खप्पर त के फुट्थो चस्मा ठुनुक्कै भ' र भाँचिओ। त्याँसि ल भएन भनेर असार पन्द्रको बेला पारेर अर्को चस्मा किन्द्या रोपाइँ गर्दा हिलो लागो भनेर फुत्त फाल्या तिन हिलोमा डुबेर हराओ, अब मुङसिर तिर धान काट्ने बेला भेटिएला। हुँदा हुँदा अस्ति किस्न अस्टमिमा एउडा चस्मा किन्द्या, तेइ भिरेर मन्दिर तिर हिन्याथिन, एउटो हाम्रै उमेरको  बजियाले " के छ बुडिआमा?" भनेर सोधेछ, त्याँसि त तो चस्माले झन बुडि देखिएँ भनेर दुइटा हातले चस्मा समातेर घुँडो उचालेर पिटिक्क पारेर भाँचेर फाल्दिन्। क्यार्नु

Read Full Discussion Thread for this article