परिहासजी,
हाम्रो जमानामा भईरहेका विकास र उदभव (evolution) लाई ईन्कार गरेको होईन, केवल यी उदभवहरु अझै “आधुनिकता” को व्याख्याभित्र अटाउन सक्छन् अथवा कमसेकम यी उदभवका परिमाण र व्यापकता यस्तो अवस्थामा पुगिसकेको छैन जसले “उत्तरआधुनिक” युगको (यहाँनेर “युग” लाई जोड दिन चाहुँला) कुरा गर्न सकियोस् भन्ने मेरो भनाई हो ।
छिटपुट “प्रयोग” हरुलाई “उत्तर-आधुनिक” विशेषणको दावी अलि अतिरञ्जित हो भन्न खोजेको हुँ ।
अनि नेपालको सन्दर्भमा चाही सामाजिक-राजनैतिक आख्यान (narratives) मा त हामी बल्ल पो आधुनिक युगमा प्रवेश गरेका छौं र यसको संस्थाकरण र लोकप्रियकरण हुनै बाँकी छ । वास्तवमा जति पनि “उत्तर-आधुनिक” सिर्जनाहरु (खास गरेर साहित्य र कलामा पनि शायद) भईरहेका छन् नेपालमा तीनले सारमा पुरातन (पूर्व-आधुनिक वा सामन्तवादी भनम् न) मुल्य-मान्यताहरुको निषेध गरिरहेका छन्, आधुनिक मुल्य-मान्यताहरुको होईन । यस अर्थमा पनि यी कथित “उत्तर-आधुनिक” सिर्जनाहरु “आधुनिक” नै हुन्, आधुनिक-ईतर होईनन् । अर्थात् रुपमा उत्तर-आधुनिक देखिने सिर्जनाहरुमा समेत सारमा आधुनिकता छ भन्न खोजेको हुँ ।
जे होस्, यो केवल बहस हो मेरो । उत्तर-आधुनिक वा कुनै विशेषण र नामको नव-सिर्जना र प्रयोगहरुप्रति मेरो अघोर श्रद्धा छ त छदैछ ।
Nepe