Posted by: परिहास सुब्बा September 17, 2008
मुक्तक (कसरी लेखिन्छ ) को संरचनात्मक ढांचा :-
Login in to Rate this Post:     0       ?        

 

                    

                          मुक्तकको संरचनात्मक ढांचा :-

> मुक्तक जम्मा ४ हरफमा लेखिन्छ ।
> जसमा पहिलो, दोश्रो र चौंथो हरफमा अन्त्यानुप्रास मिलाउनु पर्दछ भने तेश्रो हरफ स्वतन्त्र हुनुको साथै यसले चोटिलो प्रहार अन्तिम हरफको लागी लुकाएको हुनु पर्दछ ।
> सामान्यतया यसको संरचना गजल को पहिलो र दोश्रो शेरलाई मात्र राखेर हेरे जस्तो देखिन्छ । तर गजल मा गेयात्मकता अनिवार्य हुन्छ ।


जस्तैः-
                                दुई मुक्तक

1.   मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन
      दुःख आईपरेको छ मायालुको साथ छैन
     अब त संसारै बिरानो लागी सक्यो मलाई
     बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥

2.  तार टुकि्रएर बिलाएको संगीत हुं म
     संगीत नपाएर जकडिएको गीत हुं म
     के भनौ खै आफुले आफैंलाई
     घात र बात पचाएको प्रीत हुं म |

                                                             श्रीहरी फुयांल युबामाच बाट

(मुक्तक लाई रुवाईया पनि भन्ने गन्छि ।)

Last edited: 17-Sep-08 03:11 PM
Read Full Discussion Thread for this article