Posted by: Himalaya178 September 16, 2008
Joke of the week by MAKUNE
Login in to Rate this Post:     0       ?        

Just can't stop laughing when I read this article

 

ँमाओवादी सुधार्न एमाले सरकारमा’

कान्तिपुर संवाददाता

काभ्रे, भदौ ३० - एमाले नेता माधवकुमार नेपालले 'अराजक गतिविधिमा अव्यस्त' माओवादी सुधार्न पार्टर्ीीरकारमा गएको बताएका छन् ।

उनले माओवादीलाई सही बाटोमा ल्याउन 'सिस्नोपानी' को विकल्प नरहेको समेत बताए । 'माओवादीलाई सुधार्न एमाले सरकारमा गएको हो,' बनेपामा सोमबार आयोजित एक कार्यक्रममा नेपालले भने, 'त्यसैले तिनका गलत क्रियाकलापविरुद्ध तीतो औषधि खुवाउ“दै सिस्नुपानी लगाउनर्ुपर्छ ।'

एमाले कार्यकर्ता केपी सापकोटा र सिंहवीर तामाङको बनेपामा आयोजित छैटौं स्मृतिसभामा नेपालले माओवादीस“ग सहकार्य गरे पनि उसका विगतका गलत क्रियाकलाप कहिल्यै बिर्सन नसकिने बताए ।

'माओवादी सुध्रियो भन्ने अवस्था आएको छैन,' नेपालले भने, 'त्यसैले उसको रूपान्तरणका लागि एमालेले सहकार्य गरेको हो ।'

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि संविधानसभा रोस्ट्रममा उभिएर उनका पार्टर्ीीट मारिएका परिवारको पीडा सम्झेर क्षमा माग्ने अपेक्षा आफूले गरे पनि जनभावनाको कदर नभएको बताए ।

'दाहालले जनयुद्धका क्रममा नगर्नुपर्ने काम गर्‍यांै, यसमा दुःख छ भन्नुहोला भन्ने सोचेका थियौं,' उनले भने, 'उहा“ले त्यो उदारता देखाउन सक्नुभएन, उल्टै रगतको राजनीति र रगतको खोलामा होली खेलेको पुष्टि गर्न र वाईसीएलको औचित्य पुष्टि गर्न खोज्नुभो ।'

माओवादीले यस्तै गतिविधि निरन्तरता दिए एमालेले पनि 'धमाका' गर्ने चेतावनी दि“दै प्रतिकारमा युथफोर्स गठन भएको उनले बताए । उनले युथफोर्सले र्सवसाधारणलाई शान्तिसुरक्षाको प्रत्याभूति दिएको दाबीसमेत गरे ।

'युथफोर्स गठन भएको क्षेत्रमा जनताले शान्तिसुरक्षा पाएका छन्,' उनले भने, 'तर युथफोर्स वाईसीएल विकृतिको सिकार हुनुहु“दैन ।'

वाईसीएल विघटन प्रस्तावबारे दाहालले नचाहेको नेपालले बताए । 'प्रचण्ड प्रचण्ड नै बन्न खोजे,' उनले भने, 'अब महाप्रचण्ड हुनेछन् ।'

उनले अन्य पार्टर्ीी पनि युवाफोर्स गठन गरिरहेको र तिनले पनि हतियार उठाउने र अराजकता फैलाउन सक्नेतर्फसचेत गराएका थिए । 'अरूले पनि हतियार उठाउन सक्छन्,' उनले भने, 'यी सबै अब प्रधानमन्त्री समाल्नुहोस्, कसरी सरकार चल्दोरहेछ, हेरौं न ।'

उनले माओवादीद्वारा हत्या गरिएका काभ्रेका सहिदहरूको प्रतिमा स्थापना गर्न र सहिद पार्क बनाउन सुझाव दिए ।

Read Full Discussion Thread for this article