दीप ब्रो खतरा गयो नि हो !
अरु अलिकति मिहेनत गरे त तगडै गजल बन्छ साँच्चै !लौ कसरत गर्नु परो प्रभो !
शान्ती जी,
राम्रो कबिता लेख्नु भएछ !
तिमी खराब - म असल या म पनि खराब हुन सक्थें भन्ने उद्गार राम्ररी हाल्नु भएछ !
तर कुनै कुनै बिम्बहरु जस्तै
कोलहलै कोलाहलको बीचमा
एक्लो नितान्त एक्लो म
बिस्वाशको पर्खाल भत्काउदा तिमीले
सल्कीएको चुरोट सरी
म जली रहे
तिमी आउने बाटो भरी
आँखा बिछ्याएर
तिम्रै प्रतीक्षा गरी रहे
सार्है धेरै प्रयोग भैसकेको र तपाईले खासै कुनै नँया तरीकाले प्रस्तुत चाँहि गर्नु भएन !
कोशीस जारी राख्नुस् - हीरालाई त टल्काउनु पर्छ ! चरालाई पनि उड्न सिक्नु पर्छ !तपाई त अझ प्रतिभा भएको मान्छे -किन ननिखार्नु ?
यो चांहि गजब छ -सत्ते
म पनि त सक्थे तिमीलाई तड्पाउन
भुसको आगो झै भित्र भित्रै सल्काउन
मैले नटांसेको एउटा गजल जो सित प्रसंग मिल्छ होला भनेर टांस्ने आँट गरें ल !
अरु जलोस् भन्ने आफ्नो मनसाय बचाउन
नत्र किन हतार मेरो उपचार गराउन ?
सपनाको प्रकृति या मेरो प्रबृति नै त्यस्तो ?
सक्दैनौ सुतेको जस्तो गर्ने मलाई जगाउन !
मखमली सिरानी छाडेर आउन भन्दिन
ढुङ्गा भन्दा सार्हो मेरो छातिमा निदाउन !
मलाई नदिदैमा साँघुरो हुन्न तिम्रो दील
बेला मौका पर्खेकै छौ होला हीरा फुटाउन !
क्षणिक स्वाद दिई, दिन्न सँधै पछुताउन
भैगो मै आउन्न सिर्फ एक रात बिताउन !
चाहन्न मेरो अफापको नतीजा हो भनाउन
आफू भन्दा ठूलो शत्रु आफैलाई बनाउन !