Posted by: Shaanti September 15, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
" भिन्नता " कोलहलै कोलाहलको बीचमा एक्लो नितान्त एक्लो म कति पनि बिचलित भैन स्वार्थै स्वार्थले भरिएको दुनियामा कोही पनि आफ्नो हुदैन बिस्वाशको पर्खाल भत्काउदा तिमीले पश्चाताप पनि गरिन तिमी अगाडी बढ्दै गयौ अभिमानिको बुई चढेर म टक्क रोकिए स्वाभिमान लाई आत्मासाथ गरेर तिमीले दिएको मानसिक उत्पीडन मा म छटपटाई रहे सल्कीएको चुरोट सरी म जली रहे तिमी आउने बाटो भरी आँखा बिछ्याएर तिम्रै प्रतीक्षा गरी रहे तर : तिमीले त बाटो नै बदली सकेछौ आफ्नै दुनियामा रमाएर हासन पो थालीसकेछौ यदि, मलाई पनि नैतिकताको हदबंदीले कैद नगरेको भए म पनि त सक्थे तिमीलाई तड्पाउन भुसको आगो झै भित्र भित्रै सल्काउन फेरी पनि म बिबश भए तिमी संगको अनाम नाताको बन्धनले तिमीलाई घृणा गर्न पनि सकिन तिमीले दिएको चोटको हिसाबै गरिन बरु ;उपचार बिहीन घाऊको पीडायुक्त बेदनामा छटपटाई रहे बादल पारीको निलो आकाश चिहाउदै आँखा भरी आंशु बोकी छाती भित्र पीडा लुकाई तिमी र म बीचको भिन्नतालाई नजिकै बाट नियाली रहे केवल चुपचाप नियाली रहे बश नियाली रहे शान्ती |