Posted by: Nepe September 14, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

म पनि मेरो टिप्पणी कप्छु (कपि-पेस्ट गर्छु) है त ।

 

 

बेजोड शेरहरु ! यी दुई त करोडका -

 

नाता मात्र राख्ने भए धार भएर आउ

सम्बन्धै जोड्ने भए तरबार भएर आउ

  

भुमरीसित मेरो लसपस ननिको लागे

किनारा कोर्न सक्ने चित्रकार भएर आउ

 

अनि यस शेरमा निहित ठट्ट्याई र बठ्याँई पनि साह्रै मन पर्‍यो । No publicity is a bad publicity भन्छन् नि, त्यो बठ्याँई छ यसमा,

 

चर्चा परिचर्चामा रमाईलो मान्ने मान्छे म

निराधार यद्यपि समाचार भएर आउ

 

 

Nepe

 

P.S.

स्पष्टिकरण: मबिजीको पहलकदमीमा nepalighazal नामको एउटा google group गत चार महिना देखि क्रियाशिल छ । यसमा अहिले सम्म 47 जना नामी (बेनामी को विपरितार्थ) गजल साधकहरु जुट्न पुगेका छन् । त्यही ठामको टिप्पणी यहाँ कपेको हो के ।

 

http://groups.google.com/group/nepalighazal/about?hl=en

 

Read Full Discussion Thread for this article