Posted by: bhimu September 12, 2008
India Encroaching Nepali border and Threatening Sovereignty
Login in to Rate this Post:     0       ?        

वीरगन्ज भन्सार टेलिफोनविहीन

कास

वीरगन्ज, भदौ २६ - मुलुकमै बढी राजस्व असुली हुने ठाउँ वीरगन्ज भन्सारको टेलिफोन पाँच महिनादेखि चलेको छैन ।

गएको चैत महिनामा भन्सार क्षेत्रमा टेलिफोनको तार चोरी भएपछि वाषिर्क २५ अर्बभन्दा बढी राजस्व असुली गर्ने भन्सारमा ल्यान्डलाइन सम्पर्क बिच्छेद भएको थियो ।

मोबाइल पनि हत्पत्ति नलाग्ने भएकाले आफूहरू लगभग सञ्चार सम्पर्कबाहिर रहेको प्रमुख भन्सार अधिकृत तिलकमान सिंह भण्डारी बताउँछन् । टेलिफोन अभावमा कार्यालयले दुई किलोमिटर पर बजारमा पुगेर कागजपत्र फ्याक्स पठाउने र रिसिव गर्ने गरेको छ । भन्सार प्रमुख भण्डारीअनुसार बजार पनि पटकपटक बन्द हुने भएकाले कहिलेकाही अर्थमन्त्रालयअन्तर्गतका अरू कार्यालयसित गुहार माग्नुपर्छ । 

Read Full Discussion Thread for this article