Posted by: Rahuldai September 12, 2008
चोर्नेलाइ के भन्नु र खोइ?
Login in to Rate this Post:     0       ?        
 
 
नेपाली साहित्य चोरी र साहित्य चोर् हरुको फेरिहस्त धेरै लामो छ। वरिष्ठ प्रगतिशिल लेखक कथाकार रमेश विकल ले अज भन्दा १० बर्ष जती तत्कालिन प्रमाण पत्र तह को अनिबार्य अंग्रेजी को पाठ्यपुस्तक मा भएको "the earth " कथालाई समकालिन साहित्य ( प्रज्ञा प्रतिस्थानबाट प्रकाशित हुने) मा छपाउनु भयो। रंगे हात समात्दा नि वारीष्ठ साहित्यकार महोदयले मात्र संयोग भनेर पंछिए । अझै उनी वरिष्ठ को वरिष्ठ नै छन। त्यसैले पुरुषोत्तम सुबेदी को कबिता चोरेर प्रकाशित गर्नु नौलो चोरी होइन। दिन दिनै घटिरहने घट्ना हुन। धन सम्पत्ति  चोरे पो खबर हुन्छ, साहित्य छोरी सधैं बेखबर हुन्छ।
 
चोरी साहित्य बारे यो भन्दा अघी पनि मैले साझा कै फोरममा लेखिसकेको छु।
मेरो आफ्नै कबिता पनि छोरी भएको छ। साझा कै एक मित्र ले पत्ता लगाउनु भएको थियो।
 
 
 
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=41311
 
 
साझाका बहुचर्चित कवि मध्येहरुमा एक राहुलभाइका प्रशंसकहरु मध्ये म पनि एक हुँ । अघिल्लो हप्ता वहाँले साझामा हामीमाझ पस्कनुभएको सुन्दर कविता चोरी भएको कुरा मैले पत्ता लगाएँ ।

कविता चोरलाइ के कारवाहि गर्ने त? खै कारवाहि त के गर्न सकिएला ? तर म चाहि माग गर्छु

कविताचोरलाइ फाँसि दे ।

(गिरिजा, माधव, प्रचण्ड, ज्ञाने, पारस, रोहित जसलाइ पनि फाँसि दे भन्न पाउने देशको बासिन्दा हामी, यो कविताचोरलाइ मात्र किन नभन्ने होइन ? )

चोरिएको कविता यसप्रकार छ :

बलेको आगो ताप्नेहरु
त्यहि आगोमा रोटी सेक्नेहरु,
छिमेकि को घर् जल्दा चुपचाप् रमायौ
जलेको घरसंग आफ्नो घर् जोडिएको बिर्स्यौ
त्यही आगोमा तेल खान्याएर् फेरि झेल् गर्यौ
सेल पकाए झैं गरेर अर्को खेल खेल्यौ

खबरदार
मेरो देश कांच होइन, तिम्रो पत्थरले चर्किने
खबरदार
देश कमजोर् छैन ठुलो स्वरको चोर् संग थर्किने

कांचको दरबार् भित्र बसेर
जनताको घर्बार् जलेको,
फेरि तमाशा हेर्यौ
यति धेरै जलायौ,
यति धेरै चलायौ
अब तिम्रो अन्त्यमा
तिम्रो लाश जलाउन
कुनै आगो बल्ने छैन
तिम्रो आश जोगाउने
कुनै झेल चल्ने छैन

Posted on 02-01-07 1:38 PM : राहुलभाइ
http://light.sajha.com/sajha/html/POSTnew.CFM?forum=2

हुबहु त्यहि कविता फेरि देखा पर्यो यहाँ

http://www.mysansar.com/?p=1270#comment-85399

Comment by Prashant — February 2, 2007 @ 1:49 pm

राहुलभाइले विश्वनिकेतनको धागोमा यो कविता पुन: प्रकाशित गरेपछि मैले उहाँलाइ सोधे कि प्रशान्त नाम पनि उहाँकै अर्को नाम पो हो कि भनेर । तर त्यस्तो नभएको थाहा पाएपछि यो कविता चोरी भएको पक्कै हो भन्ने निष्कर्षमा पुगे ।

अब कविताचोर प्रशान्तलाइ कस्तो कार्वाहि गर्ने तपाइहरु नै भन्नुस ।

Read Full Discussion Thread for this article