Posted by: ritthe September 12, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ, जदौ बिस्टे

खै ठुल्दाइ म नि सम्झेर झस्किन्छु कती कती खेर, चौतारीको बास बिना कसरी साँस फेर्नी होला भनेर ! तर केही छैन भ्याये सम्म आउँदै गरौला ! यती छोटो समयमा यती धेरै आत्मियता बस्यो चौतारीका साथीहरु सँग कि लाग्छ जन्मौ जन्मान्तर देखीको सम्बन्ध गासिएको छ ! अझ त्यो भन्दा नि ठुलो !

प्रस्थानको लागि केही समय बाँकी भये नि भोली देखी नै दिउसोको समयमा (साँझमा गीतान्जली त छदैछ नि)  प्राबिधिक कारणबस आक्कल झुक्कल बाहेक पहिला जस्तो चौतारी आउन नपाउने हुँदा आजै देखी सम्पूर्ण साथीभाईहरुसँग औपचारिक बिदा लिन्छु केही समयको लागि ! हाँसो, ठट्टा, रमाइलो गर्ने क्रममा जानी जानी वा अन्जानमा मेरा शब्दहरुले कसैलाई बिझाएको रहेछ भने तेस्को लागि क्षमा चाहन्छु !

जय चौतारी !

Read Full Discussion Thread for this article