Posted by: serial September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

   घर पुग्दा १२:३० भैसकेछ। फोन गरौ त जसो लागेको थियो तर गरिन, मनमा कुर खेलाई खेलाई सुते। बिहान उठ्दा ८:०० बजिसकेछ, सोमबार थियो काम त जानै पर्‍यो, गएँ तर काम गर्ने फिटिकै मन थिएन, चौतारीमा पनि गैन त्यस्दिन। जीवनको सबैभन्दा लामो दिन त्यै दिन जस्तो लाग्यो। बल्ल बल्ल ५ बज्यो, ५ बजेर के गर्नु, हाकिम गएको थिएन, उ नगए सम्म आफु पनि जान मिलेन, कुर्नै पर्‍यो, ५:२० तिर बल्ल उठेर गयो, अनी आफु पनि लागे घर तिर। घर गएँ, एक्लो ज्यान खाना पकाउनै पर्‍यो, मेल सेल चेक गरे - एसो त्यसो गर्दा गर्दै ९ बजिसकेछ। फोन गर्न त मन थियो तर गरिन, खाना खाएँ। जे पर्ला पर्ला भनेर फोन लगाएँ, हेल्लो आवाज आयो उताबाट, मैले परिचय दिएँ - अनी त हिजो किन फोन नगरेको रे, उ कुरिराकी रे फोन आउछ भनेर भन्न थाली। के भनौ के भनौ भयो, तर
बहाना त बनाउ नै पर्‍यो - अनी ड्राइव गर्नु परेको ले धेरै थाकेको अनी पुग्ना साथइ सुतेको भनेर भने। सोमबार मे को तेस्रो हप्ता बाट हाम्रो फोन मा कुरा कानी शुरु भयो अनी त्यस्पछी दिनहुँ जसो कुरा हुन थाल्यो। यसरी शुरु भयो हाम्रो मिलन यात्रा।
      जुन को तेस्रो हप्ता हाम्रो एक महिने आनिवोर्सरी मा फेरी म शिकागो पुगे। त्यो बेला चाँही एक्लाई गएँ, साथीहरुलाई लिएर जाने त चान्स नै भएन नि। पहिलो डेट थियो मेरो र उस्को, घुम्घाम गर्‍यो, त्यो दिन त शिकागो त झनै राम्रो लाग्यो, राती गएर क्यान्डल लाईट डिनर पनि खैयो, मोरी त आज अझ बढी राम्री देखिन्थी, पहिलो पटक मेरो क्रेडिट कार्ड घोटियो। त्यो दिन त खुशी खुशी साथ घोटियो, के थाहा त अब देखी मैले नै हरेक पल्ट मैले नै घोट्नु पर्छ भनेर। त्यस्प्छी कती पल्ट घोटियो भन्ने लेखाजोखा नै छैन। पहिलो महिना सम्म त यो किनिदेउ है भन्दै मस्किन्थी, म पनि के कम भुटुक्कै हुन्थ्यो अनी जे भन्यो त्यही। तर मेन प्रब्लेम त अहिले पो छ त। अहिले त सोध्दा पनि सोध्दिन, खुरु खुरु सामान उठाउठी अनी काउटर मा सामान बुझाएर - ही विल पे भनेर देखाउछ अनी खुरुखुरु घोटिन्छ क्रेडिट कार्ड। अनी बिल नि द ब्याग। कहिलै मेरो हातमा बिल परेन। के किन्यो, कती कतिको किनियो थाहा छैन, बस जम्मा कतिको किनियो त्यो थाहा छ।
     एक दिन चाँही हेर्नै पर्‍यो भनेर उ रेस्ट रूम गएको मौका पारी बिल निकालेर हेरे, सामानको पैसा देखे - ब्लूड प्रेसर पैताला मुनी बाट टाउको सम्म पुग्यो...............................

क्रमश:      

 

Read Full Discussion Thread for this article