Posted by: bisal123 September 8, 2008
No night life in Kathmandu
Login in to Rate this Post:     0       ?        

बामदेव कराउदै गर्छ पिना सुक्दै गर्छ

 

 

गृहमन्त्रीको आदेशपछि जे देखियो
सुरज कु“वर

काठमाडौं, भदौ २३ - गृहमन्त्री वामदेव गौतमले 'शान्ति सुव्यवस्था सबल र विश्वसनीय बनाउन' नेपाल प्रहरीलाई शनिबार निर्देशन दिएपछि आइतबार सा“झ राजधानीको रात्रिजीवन नियाल्न हामी सहर पस्यौं ।

राति १० बजिसकेको थियो । हामी बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसको प्रवेशद्वार सामुका तीनवटा डान्स रेस्टुरेन्टछेउ पुग्यौं । 'तारा डान्स बार,' त्यसकै माथि 'टप शो गर्ल डान्स बार' र छेवैको घरको भुइ“तलामा 'अन्डरग्राउन्ड सो गर्ल डान्स बार' मा रौनक छाएको बाहिरैबाट अनुमान गर्न सकिन्थ्यो । मात्तिएर बाहिरिएका ग्राहक सडक किनारामा झुम्मिएका ट्याक्सीचालकस“ग लरबराउ“दै लेनदेन गरिरहेका थिए ।

सरकार गठन हुनुअघि जस्तो बाक्लो चहलपहल भने थिएन ।

श्रेष्ठ टेलरिङको आ“गनमा बाइक पार्क गरी हामी फेरि ती बारनजिक गयौं । बारअघिल्तिर ग्राहकले पार्क गरेका बाइकमाथि बसेर चुरोट तानिरहेका युवकहरू एक्कासि कराए- 'हलो दाइ, यता, यता डि्र्रंक सस्तो छ, न्याकेड डान्स पनि छ ।'

तीनवटै डान्स बार र एउटा दोहोरीबाट हिन्दी/नेपाली संगीतको चर्को स्वर बाहिर आइरहेकाले उनीहरूले ग्राहकलाई दिएको निम्ता प्रस्ट सुन्न/बुझ्न कान उतै सोझो पार्नुपथ्र्यो । उनीहरूले पनि आपmना संवाद प्रस्ट सुनिरहेका थिएनन् ।

रातो 'इमर्जेन्सी' बत्ती बालेर पद्मकन्या क्याम्पस हु“दै 'महानगरीय प्रहरी प्रभाग कमलपोखरी' लेखिएको भ्यान तारा डान्स बारनजिकै आएर रोकियो । बार वरपरका युवकहरूले भ्यानको अघिल्लो सिटमा बसेका अर्सइस“ग हात मिलाए । केही मिनेट पछि भ्यान पुतलीसडक निस्कने सडकको मुखमा पुग्यो र इन्जिन बन्द गरी किनारामा रोकियो । कम्मरमा लाठी भिरेर तारा डान्स बारको मूल गेटमा पहरा दिइरहेका सुरक्षागार्ड हामी उभिएछेउ आए ।

भुइ“मा खुट्टा नबजारी उनले स्यालुटसहित अनुरोध गरे- 'सर, यता आइबक्स्योस, गज्जब छ ।' उनको संकेतलाई पालना गदर्ेर्ैैामी 'अन्डरग्राउन्ड' मा रहेको डान्स बार पस्यौं ।

गृहमन्त्रीले प्रहरी महानिरीक्षक ओमविक्रम राणालाई चार शर्ीष्ाकमा दिएका निर्देशनमध्ये नांगो नृत्य गर्ने/गराउने बार र रेस्टुरेन्टमाथि कारबाही गर्नू भन्ने पनि थियो । तर, त्यहा“ त्यसको कुनै असर देखिएन । हामी पस्दा दुइटी नांगा युवती हिन्दी चलचित्र 'दम' को 'बाबुजी जरा धिरे चलो, बिजली खडी यहा“ बिजली खडी...' गीतमा नाच्दै थिए । ढोकैबाट नृत्य हेरिरहेका हाम्रा कानमा ओठ

जोडेर सारी-चोलोमा उभिएका युवतीमध्ये एकले भनिन्- 'सर, कता बस्नुहुन्छ -' अर्कीले साथीको हातै समातेर मञ्चअघिल्तिरको खाली टेबलमा पुर्‍याइन् । उनले मेनु लिएर आएपछि हामीले थाहा पायौं- गेटमा साडी-चोलो लगाएर स्वागत गर्नेहरू 'वेटर' रहेछन् । 

खानेकुरा र्'अर्डर' गर्दै थियौं, गीत सकियो । दुवै नर्तकी स्टेजमा फुकालेका 'पेन्टी' र 'ब्रा' टिपेर हराए । त्यसपछि जालीदार कपडाका दर्ुइ युवतीले 'डान्स' प्रस्तुत गरे । ११ बज्न केही मिनेट बा“की थियो । हामी बाहिरियौं । अघि ग्राहकका त्रि्रामाथि बसेर गफिने युवती गेटसम्म पुर्‍याउन आइन् ।

 'सर, कस्तो हेन्डसम हुनुहुन्छ,' उनले फकाइन्- 'भोलि चा“डै आउनुहोस् है ।' सिन्धुपाल्चोक चौतारा घर बताउने ती युवतीले गृहमन्त्रीलाई गाली गर्दै भनिन्- 'वामदेवले गर्दा हिजोआज ११ बजेपछि नाच्नै पाइ“दैन ।'

मध्यरातसम्म नाच्न नपाएर के भयो, त्यसबेलासम्म नांगो नृत्य त जारी नै हुन्छ । बागबजार क्षेत्रलाई हर्ेर्ने कमलपोखरी प्रभाग प्रमुख प्रहरी निरीक्षक नवरत्न पौडेललाई गृहमन्त्री निर्देशनको बेवास्ता गर्दै अश्लील नृत्य नरोकिएकोबारे सोध्दा सुरुमा उनले अस्वीकार

गरे । हामीस“ग 'भिडियो क्लिप' रहेको बताएपछि सोमबार उनले टेलिफोनमा भने- 'तपाईंले मलाई जानकारी गराउनुपर्ने, तिनीहरू -नांगा नर्तकी) लाई उठाइदिन्थें ।'

अनि बारका युवकस“ग हात मिलाएर सडकछेउ किनारा लाग्ने अर्सइले भने- 'हामीलाई सूचनाबिना डान्स रेस्टुरेन्टमा छिर्न अप्ठ्यारो छ ।'

त्यही अप्ठ्यारोबीच राजधानीको रात्रि जीवन जमिरहेको छ ।

Read Full Discussion Thread for this article