Posted by: Eagle5 September 5, 2008
RAJARAM PAUDYAL ILLEGAL IMMIGRANT GOING BACK!
Login in to Rate this Post:     0       ?        
राजारामको अमेरिकामा अन्तिम प्रहसन

नेपालीपोष्ट प्रतिनिधि

बाल्टिमोर, सेप्टेम्बर ४

हास्य कलाकार राजाराम पौडेलले अमेरिकाको आफ्नो आठ वर्षको बसाइमा यही आउँदो सेप्टेम्बरको ७ तारिख अन्तिम प्रहसन कार्यक्रम गर्दैछन् ।

उक्त प्रहसन कार्यक्रम मेरिल्याण्डको बाल्टिमोरमा रहेको टिम ८८४८ को आयोजनामा बाल्टिमोरस्थित ८४२० बेलेएर रोडमा रहेको सेन्ट जोसेफ पारिस हलमा हुने भएको छ ।

यो कार्यक्रम विशेष गरेर राजाराम पौडेलकै विदाइका लागि गर्न लागिएको जानकारी टीम ८८४८ ले जानकारी दिएको छ । यो टिमले आयोजना गरेको यो पहिलो कार्यक्रम हो ।

टिमका एक सदस्यका अनुसार हालसम्म ४ सय टिकट बिक्री भइसकेको र टिकट बिक्री जारी रहेको छ । प्रहसन हेर्नका लागि प्रवेश शुल्क मूल्य २० डलर राखिएको छ ।

सो प्रहसन कार्यक्रममा राजारामका साथ प्रेमराजा महत, रतन सुवेदी, रचना सिंह, नारायण त्रिपाठी, कर्ण दास र सृजन ताम्राकारले पनि आआफ्नो कला कौशलता प्रदर्शन गर्नेछन् ।

कार्यक्रममा डीजे कपिलले संगीत संयोजनको जिम्मा पाएका छन् ।

राजाराम पौडेल यसअघि सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिका आउनुपर्नेमा जहाज वासिंङटन डीसीस्थित डाल्लास एयरपोर्टमा अवतरण गर्न तीन घण्टा बाँकी हुँदा उनी चढेको जहाज फर्केर लण्डन नै फर्केर गएको थियो । उक्त अवसरमा न्युयोर्कस्थित ट्वीनटावर, डीसीस्थित पेन्टागन र पेन्सिलभेनियामा आतंकारी समुहले प्लेन आक्रमण गरेपछि अमेरिका आउने सबै उडानहरु बन्द गरिएका थिए ।

यसपछि राजाराम पौडेल सेप्टेम्बर १८ मा वासिंङटन डीसीस्थि डाल्लास एयरपोर्टमा अवतरण गरेका थिए ।
अमेरिका बसाइका क्रममा पौडेलले अन्य कलाकारहरुजस्तै अमेरिकामा स्थायी बसोबास गर्नका लागि आवेदन गरेका भए पनि पौडेलको ग्रीनकार्ड बन्न नसकेपछि अमेरिका नबस्ने भएका हुन् ।

आफ्ना छोरा छोरीलाई अमेरिकामा पढाउने चाहना पूरा नभएका कारण अब गैरकानुनी रुपमा अमेरिका नबस्ने स्वनिर्णय गर्दै उनी यही सेप्टेम्बर २३ तारिख अमेरिकाबाट नेपाल लाग्ने भएका छन् ।

कलाकार रामराजा पौडेलका अनुसार उनी सेप्टेम्बर २५ तारिख नेपाल पुग्ने र उनको विषयलाई लिएर नेपालस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाटै जीरे खोर्सानी समुहले एक हांस्यव्यंग्य कार्यक्रम बनाउने भएको छ ।

Read Full Discussion Thread for this article