Posted by: chipledhunga September 5, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

रिट्ठेको बर्त हो कि कसो आज शाकाहारी भोजन गर्नलाई? अरुहरु पनि कता गएका हुन्? ठुल्दाइ त दिउँसो अड्डामा हाजिर हुनु भयो, अब रिसोचको अलि अलि काम गरेर चिलिम ब्रेक लिएर यसो आउनुहुन्छ होला। लहरे र माइली बुढीको अघिसम्म निक्कै कुरा जमिरहेको थियो, कता गए कुन्नी। हसुर्दै हुन् कि।
किन खुसुसँग पैसा उठाउने कुरा गरेको? चौतारी यसै त सुस्ताउन थालेको छ अचेल। बरु नि:शुल्क सदस्यता बितरण गर्नु पर्ने हो कि?
महिला पार्टी कता हुन् फेरी? तीज त अस्ति नै सक्किएको हो। अझै माइतै बसिरहेको भए पनि यसो हामीसँग कुरा गर्न आइदिए, चिया नास्ता ल्याइदिए त तीनको के बिग्रन्थो र?            
Read Full Discussion Thread for this article