Posted by: shirish September 3, 2008
प्रधानमन्त्री प्रचण्डसँगको विशेष अन्तरवार्ता
Login in to Rate this Post:     0       ?        

some highlights

(not edited; I needed to go and eat something - lunch time is almost over ;-( )

 

१. नेतृत्वले निजी सम्पति नराख्ने रे ! जनताको हितमा दिने रे !


२. जग्गामा हठबन्दी लागु हुन्छ रे ! 

३. सहि प्रक्रियाको शुरुवात - शान्ती प्रक्रिया
 जनतालाई राहत दिने - बजेट मार्फत्
 सम्बिधान् निर्माण - तीन महिना भित्र 

४. बिस्थापितलाई स्थापित गर्ने -  द्वन्द पिडीतलाई राहत दिने!

५. अन्तरिम सम्बिधान - सेना समायोजन गर्ने तरिका- सि एन सि कटुवालसंग पुर्बाग्रह छैन रे - पदबाट हटाईदैन !

६. नेपाली सेना र जनसेनालाई राज्यको अधीन - समायोजन 

७. पुर्व राजालाई नागार्जुनलाई कहिले संग बस्न दिने ?

८. दरबार हत्याकाण्ड पुन: छानबिन हुन पर्ने - नेपाली जनतालाई चित्त बुझ्दो 

९. निर्दोष ब्यक्तिको रगतले पश्चाताप त्यति नभएको - बर्तमान परिबर्तनले गर्दा

१०. चीन भ्रमण गल्ती हैन

११. नेपाल भारतको सन्धी समिक्षा - १९५० को पुनराबलोकन 
चित्त नबुझेको बुंदा परामर्श गर्दै हुनुहुन्छ !

१२. भारत भ्रमण छिटै - यु एन को जेनेरल मिटिङ्ग भन्दा अगाडी

१३. राजालाई हटाएको, काग्रेसलाई पाखा लगाएको - ढाडमा टेकेर टाउको हानेको पीडा पनि हुने गर्छ ! ब्यक्तिगत रुपमा उदार 

१४. जे गरि राख्या छौ देश जनताकालागी

१५. संघिय गणतन्त्र संस्थागत गरेर साम्यबाद समाजबाद जनगणतन्त्रमा जाने -- लक्ष

१६. दौरा सुरुबाल भन्दा कोट पाईन्ट लाउने बढि -आफूले पनि ईन्टरनासनाईजेशन गरेको - नया यूनिफर्म बनाउन बहस

१७. धर्म - माउबादीहरुले बाहुनको टुप्पी काटेको -आफूले निधार भरि टिका लाएको - माला लाएको 

१८. माऔबादी पार्टीको आर्थीक पारदर्शी हुने

१९. अध्यक्ष पद नछाड्ने 


२०. अर्को चुनाबमा ९०% मत आउने - माऔबादी भए पुग्ने स्थिति बन्छ रे !

 

Better version:

सरकारले सेनाप्रति पूर्वाग्रह राख्‍ने छैन: प्रचण्ड
 
प्रधानमन्त्री प्रचण्ड
प्रचण्डले आउंदो तीन महिनाभित्रै जनताले परिवर्तनको अनुभूति गर्न पाउने बताएका छन्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीको नेतृत्वमा बनेको नयां सरकारले नेपाली सेनाप्रति कुनै पूर्वाग्रह नराख्‍ने बताएका छन्।

आफू प्रधानमन्त्री पदमा नियुक्त भएपछि दिएको पहिलो अन्तर्वार्तामा सोमबार नेपाली सेवाका प्रमूख रवीन्द्र मिश्रसँग कुरा गर्दै प्रचण्डले देश इतिहासको गम्भीर र संगीन मोडमा उभिएको बताए।

अहिले आपसमा कुनै कटुता पैदा गर्ने काम गर्न नहुने र त्यसो भयो भने राष्ट्रको अस्तित्व र अस्मितामा आँच आउने खतरा रहेको पनि उनले बताए।

नयां सरकारले नेपाली सेनाका प्रमुख रथी रुक्माङ्गद कटवाललाई हटाउंछ कि हटाउंदैन भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले त्यसो नहुने बताए।

उनले भने, “जबसम्म सेना, प्रहरी अथवा कर्मचारी कोही पनि यो राष्ट्रको पक्षमा, नेपाली जनताको जनादेश, लोकतन्त्र, शान्ति र परिवर्तनको पक्षमा इमान्दार रहन्छ, कसैले असुरक्षित महसुस गर्नु पर्दैन। कसैप्रति पनि गलत ढंगले पूर्वाग्रह राखेर व्यवहार गरिने छैन।

“नेपालमा शान्ति प्रकृया आफैमा एउटा मौलिक विशेषता अनुसारअघि बढेको छ। यो कसैको फोटोकपी वा यान्त्रिक नक्कल हैन। हामीले एउटा वैज्ञानिक आधार खडा गरिसकेकाले यसलाई एउटा निष्कर्षमा पुर्‍याउन सकिँदैन भन्ने मलाई लाग्दैन।"

आशंका

प्रधानमन्त्री प्रचण्डले नेपाली सेना, जनसेना अथवा प्रहरी, सशस्त्र प्रहरी कसैप्रति अलिकति पनि आफुले आशंका नराखेको बताए।

अस्थायी शिविरमा रहेका १९/२० हजार माओवादी लडाकूहरुमध्ये संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण भई बसिरहेका सबै पुनस्थापना र सेनामा समायोजनको निम्ति योग्य भएको बताए।

उनले भने, “सात बुँदे सहमति अनुसार कुनै जनसेनाको योद्धालाई म घर फर्किन चाहन्छु, म घरमा गएर पेशा गर्न चाहन्छु भन्ने स्वतन्त्रता छ। त्यो प्रकृयालाई टुंगोमा पुर्‍याउने कुरा सरकारमा सहभागी सबै पार्टीहरु मिलेर बन्ने विशेष समितिले छलफल गरेर तयार गर्ने संयन्त्र अनुसार नै हुन्छ।”

पूर्व राजा ज्ञानेन्द्रलाई कहिलेसम्म नागार्जुन दरबारमा बस्न दिइने भन्नेबारे भने उनले कुनै स्पष्ट जवाफ दिएनन्।

मन्त्रिपरिषदले पूर्ण स्वरुप लिएकाले छिट्टै त्यो विषयमा छलफल गरिने उनको भनाइ थियो।

प्रचण्डले नयां सरकारले दरबार हत्याकाण्डबारे फेरि छानबीन गर्ने नगर्ने विषय संविधान निर्माण प्रकृयामा कहीँ न कहीँ उठ्ने बताए।

उनले भने, “जनताको मनमा दरबार हत्याकाण्डबारे अहिले पनि गम्भीर प्रश्नहरु छन्। त्यसको चित्त बुझ्दो जवाफ पाएका छैनन। त्यसकारण गहिराइमा गएर त्यसको छानवीन हुनुपर्दछ।

बीबीसी नेपाली सेवासंग झण्डै एकघन्टा लामो फोन वार्तामा प्रधानमन्त्री दाहालले आफु सामान्य गरीब किसान परिवारमा जन्मेको कुरा पटक पटक दोहो-याएका थिए।

“तपाईँलाई कहिलेकाहीं एकान्त रातमा आत्ममूल्याङ्कन गर्दा आफ्नो हात राम्रो रंगले मात्र हैन, निर्दोष मानिसहरुको रगतले पनि रंगिएको छ जस्तो लाग्छ कि लाग्दैन? ” भन्ने प्रश्नको जवाफमा उनी भावुक बन्न पुगेका थिए।

उनले भने, “ त्यसो त छ। तपाईँले भन्या जस्तो कतिपय घटनाक्रमहरुमा भएका गल्तीहरु, त्रुटिहरुले बडो एउटा मनोदशा, एउटा मनोभावना बनाउँछ।

“तर त्यो भन्दा कैयौं गुणा, हजारौं गुणा ठूलो कुरा के हो भने अहिले नेपालमा जुन वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक जागरण र परिवर्तनको एउटा महान प्रकृया अगाडि आएको छ, त्यसको तुलनामा त्यसले (कमीकमजोरीले) पश्चातापको भुमरीमै पर्नु पर्ने मैले महसुस चाहिं गर्दिनँ।”

सन्धि

प्रधानमन्त्री प्रचण्डले राणाकालपछि ठूल्ठूला परिवर्तनको प्रकृया हुँदै अहिले नेपाल गणतन्त्रमा आईपुगेको र यस्तो परिस्थितिमा सन् १९५० को नेपाल-भारत सन्धिको स्पष्ट रुपमा पुनरावलोकन गरिनु पर्ने बताए।

उनले आफु छिट्टै भारत भ्रमणमा जान लागेको बताउंदै त्यहां छलफलमा उठाईने विषयहरुबारे परामर्श भैरहेकाले अहिले सो सन्धिको यो यो बुँदामा यसरी सुधार गर्ने भन्ने चाहिं बताउन नसक्ने जनाए।






Last edited: 03-Sep-08 12:21 PM
Read Full Discussion Thread for this article