Posted by: Brain Malfunction August 30, 2008
वाईसीएल र युथफोर्सबीच झडप
Login in to Rate this Post:     0       ?        

वाईसीएल र युथफोर्सबीच झडप

कान्तिपुर संवाददाता

धनकुटा, भदौ १४ - कोसी राजमार्गको मूलघाट खण्डमा ढुवानी साधनमाथि वाईसीएलले उठाएको करको युथफोर्सले विरोध गरेको निहु“मा दर्ुर्ुइ पक्षबीच शनिबार भिडन्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउ“दा आठ जना घाइते भएका छन् । घाइते अधिकांश बाटामा हि“ड्दै गरेका र्सवसाधारण छन् ।

युथफोर्सको दबाबमा स्थानीय प्रशासनले वाईसीएलका धर्मेन्द्र महतलाई बिहीबार कर उठाउ“दै गर्दा पक्राउ गरेको थियो । उनलाई प्रशासनले छाडे पनि पक्राउ गराएको प्रतिशोधमा वाईसीएलले युथफोर्सका कार्यकर्तामाथि आक्रमण गर्दा भिडन्त भएको हो । घटनापछि सदरमुकाम तनावपर्ूण्ा छ ।

दर्ुर्ुइ पक्षबीच मदनचोकदेखि त्रिवेणी मावि क्षेत्रमा ढुंगा हानाहान भएको थियो । त्यहा“ परिचालित प्रहरीमाथि आक्रमण सुरु भएपछि दर्जनौं राउन्ड हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको प्रहरी निरीक्षक मोहिनी भण्डारीले बताए । उनले अधिकांश घाइते गोलीले नभई भिडन्त गर्ने पक्षले विस्फोट गराएको पेट्रोल बमले भएको दाबी गरे ।

घटनामा नेपाली सेनाका सुदी साह, हरि आचार्य, माओवादी विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका अमर नरफोक, डम्बर गिरी, लोकसेवा आयोगको परीक्षा दिन भोजपुरबाट आएका काजीराम र्राई, धनकुटा-७ का हर्कबहादुर गुरुङ, लोकबहादुर न्यौपाने, धनकुटा क्याम्पसका छात्र गोकुल दाहाल घाइते भएका छन् ।

माओवादी जिल्ला कार्यालय सचिव वासु बरालले कर असुल्दैनौं भन्दा पनि अनावश्यक आरोप लगाई युथफोर्सले आक्रमण गरेको आरोप लगाए । अर्कातिर युथफोर्स धनकुटा इन्चार्ज सुजनभाइ जोशीले भने- 'राजमार्गमा कर असुल्ने कसैलाई छुट छैन, कुनै समूहलाई प्रशासनले छाडिदिन्छ भने युथफोर्सले प्रतिकार गर्नेछ ।' झडपमा युथफोर्सतर्फजोशी, प्रवीण पोखरेल र खगेन्द्र श्रीपाली घाइते भएका छन् । गोली लागेकामध्ये पा“च जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । बा“कीको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।

Read Full Discussion Thread for this article