Posted by: Nepe August 30, 2008
Educated MP
Login in to Rate this Post:     0       ?        

हरिदाई,

 

जनताले क्षमा दिईसके भन्ने तपाईको निर्क्योल/सिफारिस मा भने मेरो विमती छ ।

 

द्वन्दकालभरिमा हतियार बोकेर मर्न र मार्न भनेरै हिडेकाहरु (combatants) को ज्यान, भौतिक क्षति र मुलुककै भौतिक संरचनामा भएका क्षतिसम्म जनताले बिर्सिदिए भन्न सम्म सकिन्छ होला । तर कसैको केही बिगार नगरेका, निर्दोष सर्वसाधारणहरु (non-combatant civilian) माथि ज्यानै लिने, अंगभंग गर्ने र बेपत्ता पार्ने सम्मका युद्ध अपराधहरु राज्य र विद्रोही दुवै पक्षबाट भएका छन् र ती पीडितका प्रियजनहरु सूचना र न्यायको प्रतिक्षामा बसिरहेका छन्, भौतारिईरहेका छन् भन्ने कुरा तपाईको आँखाले देखेकै/पढेकै हुनुपर्छ, तपाईको कानले सुनेकै हुनुपर्छ र तपाईको आत्माले मनन गरेकै हुनुपर्छ ।

 

अब ती पीडित र तीनका प्रियजनहरुलाई तपाई कसरी जनताले अपराधिहरुलाई क्षमा दिईसके, अब तिमीहरु घर जाओ भन्न सक्नुहुन्छ ?

 

त्यसैले साथी यो मामला अहिले थाती रहेको मात्र हो, अन्त्य भएको होईन । जस्तोसुकै कठीन र जटील भएपनि, जतिसुकै समय लागे पनि न्यायको दिन आउँछ आउँछ र जिम्मेबार अपराधीहरु जस्तोसुकै स्थानमा भएपनि न्यायको कठघरामा उभिन पुग्नेछन् भन्ने कुरा अन्य मुलुकमा दशकौं पछि पनि न्यायप्रक्रिया सक्रिय रहेका उदाहरणले पनि देखाउँदछन् ।

 

यत्ति हो त्यो मामला अहिले वस्तुत: थाती रहेको र मुलुकको राजनैतिक पुनर्संरचना जस्ता पर्खिन नमिल्ने कामहरुमा मुलुक व्यस्त रहेको मात्र हो । त्यसैले बिग्रेको केही पनि छैन, निराश हुनुपर्ने कुरा पनि छैन र हात बाँधेर बस्न हुने बेला पनि होईन ।

 

न्यायप्रणालीलाई स्वतन्त्र राख्न चनाखो रहेर, न्यायको मुद्धालाई मनबाट कहिले हट्न नदिई, मुलुकको रुपान्तरणलाई सहयोग गर्दै गए यो काम पनि फत्ते हुन्छ, न्यायको दिन पनि चाडै आउँछ ।

 

हाम्रो राष्ट्रिय जीवन यही हो, जीवनको यथार्थ यही हो ।

 

Nepe

Read Full Discussion Thread for this article