सुमित सर,
यदि कुनै काल्पनिक देशको, काल्पनिक समयमा, सामान्य प्रयोजनको निम्ति, बनाउन लागेको सम्विधानको मामला भएको भए तपाईले भन्नु भएजस्तै “education” को सर्वाधिक महत्व अवश्य हुन्थ्यो ।
तर नेपाल भन्ने वास्तविक देशको, समकालिन वास्तविकतामा निर्माण हुने र यसले अहिलेसम्म बनाएर नटिकेका सम्विधानहरु भन्दा टिकाउ सम्विधान बनाउने खास प्रयोजनको निम्ति हो भने “education” को भन्दा “representation” को बढी महत्व हुने कुरा नेपालको पछिल्ला दुई सम्विधानहरु, जुन पहिलो एकजना ठूला विद्वान अनि पछिल्लो चाही ठूलै शिक्षितजन र विशेषज्ञजनको समुहले बनाएका हुन्, को जे हालत भयो त्यसैले दर्शाउँछ भन्न चाहुँला म ।
Marginalized समुहका ती निमुखा निराक्षर लाटाहरुको प्रतिनिधित्वले सम्विधानलाई कसरी बढी टिकाउ बनाउँछ त भन्ने प्रश्न हो भने त्यसको उत्तर हो- यस्तो सम्विधानमा अन्य विधीबाट निर्मित हुने सम्विधानमा भन्दा बढी हुने moral authority र त्यसैले गर्दा जो पायो त्यसैले औंला ठड्याउन सक्ने सम्भावना कम हुने सम्भावना ।
जस्तो कि Mr Truth ज्यूले माथि एकदम सही कुरा भन्नु भयो, सम्विधान भनेको साधन हो साध्य होईन । अब स्पष्टै छ साधन भएको हुनाले यस्तो कुराको सबभन्दा महत्वपूर्ण पक्ष हो यसको अधिकतम स्वीकार्यता । र सो कुरो अधिकतम “शिक्षा” बाट भन्दा अधिकतम “प्रतिनिधित्व” बाट हासिल हुने कुरा त अलिकति घोत्लिने हो भने बुझ्न धेरै गाह्रो कुरो होईन ।
*** *** *** *** *** ***
Mr. Truth एवं चनाज्यू,
जुन सम्विधानसभा बन्यो त्यो नेपालको ईतिहासमै सर्वाधिक र अझ मलाई त लाग्छ नभूतोनभविष्यति कै म्याग्निच्युडमा बहुसामुहिक प्रतिनिधित्वको निर्वाचित body बन्यो (नभविष्यति भनेर भनेको चाही अब हुने निर्वाचनहरु सम्विधान-निर्माण नभएर अन्य प्रयोजनको निम्ति हुने हुनाले सर्वसामुहिक प्रतिनिधित्वमा कम ध्यान दिईनेछ होला भनेर लख काटेको हुँ) । यस्तो सर्वाधिक प्रतिनिधित्वको सम्विधान-निर्माणमा र खास गरेर निर्मित सम्विधानको दीर्घकालिन स्वीकार्यतामा के कस्तो भूमिका हुन सक्छ भन्ने तर्फ केही बहस माथि राखि पनि सकें । आशा छ, तपाईहरु यसमा कम्तीमा आंशिक रुपमा सहमत हुनुहुन्छ ।
जहाँसम्म हाम्रा सभासदहरु जुनसुकै वर्गबाट आएका भए पनि उनिहरुका मातृ राजनैतिक दलका रबरस्ट्याम्प/देखाउने दाँत हुन्/हुनेछन् भन्ने भय छ, त्यो त म पनि share गर्छु केहि हदमा ।
वास्तवमा मलाई अहिले चित्त नबुझिरहेको, म हताश भईरहेको एउटा कुरो के हो भने हाम्रा सभासदहरुलाई हाम्रा बुद्धिजीवीवर्ग, नागरिक समाज, प्राज्ञिक वर्गले गरेको बेवास्ता । हाम्रा बुद्धिजीवीवर्ग, नागरिक समाज र प्राज्ञिक समुदाय हरेक कुरामा अझै सम्म दलका मालिकहरुको मुख ताक्ने गर्दछन्; सभासदहरुसंग अप्रोच गर्ने, लबी गर्ने, उनीहरुलाई उनीहरुको अधिकार र दायित्व लगातार याद दिलाईदिईरहने काममा न वास्ता छ, न भर नै परेका छन् । यो एकदमै खराब र खतरनाक कुरा हो ।
एउटा प्रसंग । वाशिङ्टन डीसीको एउटा NGO ले झण्डै एकदर्जन जति सभासदहरुलाई बोलाउने एउटा कार्यक्रम थियो, अहिले अलिक पछि सरेको छ क्या रे । एकजना मित्र, जो आयोजकहरुलाई प्राविधिक मद्धत गर्दै हुनुहुन्छ, लाई मैले भनेको छु, यो कार्यक्रम अभिनन्दनमा नटुंगियोस् । सभासदज्यूहरुलाई उहाहरुसंग मुलुकले र हाम्रा भविष्यका पुस्ताहरुले राजनैतिक दलका रबरस्ट्याम्पको रुपमा होईन मुलुक र यसका सन्तती पुस्ताहरुको बारे सोच्ने स्वतन्त्र सदस्यको रुपमा अपेक्षा राखेका छन्, ल है ईतिहासमा आफ्नो भूमिका कसरी लेखाउने हो विचार गर्नोस् भन्ने सन्देश पाए भने यो ठूलो उपलब्धी हुनेछ भनेर भनेको छु ।
यस्तै सन्देश पुर्याउने भेटघाट, अन्तरक्रिया नेपालमा पनि लगातार अझ दिनदिनै हुनुपर्ने हो, अहँ कतै भएको सुन्दिन ।
यस्तो देख्दा त भन्न मन लाग्छ, नेपालमा पढेकाहरु नै खत्तम ! भुत्रो गर्यो education ले ।
Nepe