Posted by: MR_TRUTH August 29, 2008
Educated MP
Login in to Rate this Post:     0       ?        
नेपेगुरुजि, कि पढेर जानिन्छ कि परेर जानिन्छ, मान्छु तर संबिधान बनाउने जस्तो काममा कतिजना "परेको" हुन्छन ? खुलस्त गरिदिनु पर्यो । देश चलाउनको प्रतिनिधित्वमा मलाइ कुनै आपत्ति छैन तर संबिधान भनेको भबिष्यको संकटकाललाइ ब्याखया गर्ने शब्दजालहरुको संग्रह पनि हो जसको लागि "परेको" लाटोको सचेतताले मात्रै पुग्दैन, "पढेको" तार्किक चिन्तनको नितान्त जरुरी हुन्छ।   कुरो ठिकै हो यिनिहरुको उपस्थिति जरुरी छ कमसेकम देखाउने दाँतका लागि, जनयुद्दका निहुँ- परिणाम पश्चात, तर हामी याँहाँ आर्दशबादको कुरा नभइ ब्यबहारिताको कुरो गर्दैछौ । मार्कसबाद जस्तो गहिरो दार्शनिक चिन्तनका लागि त पढाइ जरुरी छ नै, अनपढ यि सभासदलाइ "सर्बहाराको रजाइ" सुगारट बाहेक केही हुनसक्दैन । जुन बर्गिय प्रतिनिधित्वको कुरो गर्नुभो त्यो पार्टी शासक सोचाइको रबरस्टेम्प मात्रै हो, जुन पहेलदारीको भूमिकाको कुरो गर्नुभो त्यो पार्टीको बुँदित आदर्शको कुकुरे पालना मात्रै हो , खाँटी कुरो गरने हो भने । पहिला बुझ्नुपर्यो संबिधान भनेको साधन हो साध्य होइन , बाँकि कुरो र कुलो जता लगे पनि हुन्छ ।
Last edited: 29-Aug-08 07:14 PM
Read Full Discussion Thread for this article