Posted by: chanaa_tarkaari August 29, 2008
Educated MP
Login in to Rate this Post:     0       ?        

database ji,

I had read an interview of Mr. Prakash Dahal, son of Prachanda, describing some of the hardest days of his life when his father was leading the so-called people's war. The interview was appeared in one of the well circulated publication (I think it was Nepal weekly). He clearly had mentioned that his education was in Nepal and then was later shifted to India after feeling intensified security threats in Nepal. I did keep the record in my archive otherwise, it could be easier for me to tell his exact words. However, he has not mentioned the name of school and concentration of study etc.

नेपेदाजि,
सारमा तपाइले अनपढ सभासदहरुको भुमिकालाइ न्यूनिकरण गर्नु भो । तिनलाइ साक्षीकिनारा राख्न तथा तिनका स्वार्थमा टाठाबाठा छट्टुहरुले गर्ने सक्ने छलकपट रोक्न पहरेदार बने पुग्ने आशय राख्नु भो । नपढे पनि अनुभवको बलमा झन बढी ज्ञानी हुन्छन भन्ने तर्क गर्नु भो । मेरो यसमा असहमति छ ।

मानिसले किन पढ्ने त भनेर त्यसको विश्लेषण मैले गर्न पक्कै पर्दैन नै । पढेका मानिसले पढेर सिक्ने भनेको झिनामसिना, कम महत्त्वपूर्ण र प्राविधिक कुराहरु मात्रै होइनन । तिनले जानेका विषय जान्दछन नै, नजानेका विषयमा पनि विषयको सान्दर्भिकता र गहनतालाइ बुझ्न सक्ने सीप बिकास गरेका हुन्छन । यो सीप नियमकानून बनाउनेहरुमा नभइ नहुने गुण हो । सभासदहरु शिक्षित हुनुपर्ने आग्रहलाइ यसरी बुझ्नुको सट्टा बरु तिनले झन छलकपट पो गर्लान कि भनेर नेपेदाजीले बुझ्न खोज्नु भए जस्तो लाग्यो । त्यो उचित होइन ।

संविधानसभाको मेकानिज्म निरक्षरहरुको भेला पार्न बनाइएको नभइ, सबै जाती, क्षेत्र, वर्ग समुहको प्रतिनिधित्त्व गराउन खोजिएको हो, तर राजनीतिक पार्टीहरुको लागि, ती नाराहरु हात्तिको देखाउने दाँत मात्र बने । तिनका निमित्त यो व्हीप मान्ने लठैतहरुको भर्ति अभियान भयो, पार्टीको काममा परिवारका सदस्य गुमाएको बदला पुरस्कार दिने मौका भयो, सस्तो लोकप्रियताको कुम्ल्याउने अवसर भयो ।

जनतासामु चुनावमा संविधान हामी बनाउछौ भनेर भोट माग्ने, अब आएर, संविधान त विशेषज्ञले बनाउँछन, हामी त हाम्रो कुरा त्यसमा राख्नलाइ पहरेदारी मात्रै गर्ने हो भन्नु भनेको सरासर धोका भएन र ? पहरेदार नै चाहिएको हो भने नेपालको सडक नै काफि छ, तिनलाइ प्रोफेसर भन्दा तीनगुणा तलब सुविधा दिएर संसदमा भेला गराउनु पर्दैन थियो ।

मेरो कुरो चै, छोरा र छोरीलाइ समान शिक्षाको अवसर समत नदिने प्रचण्डले समानताको वकालत गर्ने नैतिक आधार गुमाएको छ । अस्ति भन्दा हिजो, हिजो भन्दा आज, जति जति उनलाइ बुझ्दै गयो, उति उति उनमा रहेको हिपोक्रेसी उदाङ्गो हुँदै छ ।

Read Full Discussion Thread for this article