Posted by: bikash kc August 27, 2008
HAMRAI BAREMA...........
Login in to Rate this Post:     0       ?        

अमेरिकामा अभिभावकविहीन नेपाली

(कपिल काफले) मेरिकाका ५१वटै राज्यमा बसोबास गर्ने नेपालीको संख्या कति छ भनेर सोधिने प्रश्नको प्रामाणिक जबाफ कसैसँग छैन ।

तर सबैभन्दा ठूलो राज्य क्यालिफोर्नियामा मात्र नेपालीको संख्या १० देखि १५ हजारसम्म रहेको स्थानीय नेपाली संस्थाहरुले अनुमान गरेका छन् । यस्तै एक र्सर्वेक्षणले अमेरिकामा बसोबास गर्ने अधिकांश नेपालीले अत्यन्त पीडापूर्ण जिन्दगी बाँचिरहेको देखाएको छ ।

-अमेरिकाको क्यालिफोर्निया राज्यमा विद्यार्थी बनेर छिरेका राजन श्रेष्ठ अहिले २५ वर्षा भए । सामान्यतः गएकै वर्षउनको स्नातक सकिनुपर्ने हो, तर बल्ल यस वर्षमात्र विश्वविद्यालयमा भर्ना हुन सक्छन् होला । खल्तीमा ८ हजार अमेरिकी डलर जम्मा नभएसम्म विश्व विद्यालयको एक सत्र पनि पूरा हँदैन ।

घण्टाको सात-आठ डलर कमाउने जागिर खाएर र त्यसै रकमले महँगो घरभाडा र खाना खर्च पुर्याएर ८ हजार जम्मा पार्नु सानो काम होइन । भारतीय व्यक्तिको रेस्टुरामा काम गरेर क्यालिफोर्नियाको वकल्यान्डमा बसेका उनले जति मिहिनेत गरे पनि ८ हजार डलर जम्मा पार्न सकेनन् ।


अमेरिकामा विदेशी विद्यार्थीलाई सामान्यतः जागिर खाने अनुमति दिइन्न । उनीहरु काम गर्न नभई पढ्ने प्रयोजनका लागि अनुमति (भिसा) पाएर आएकाले यो नियम स्वाभाविक पनि हो । तर अमेरिकी प्रशासनलाई प्रस्ट थाहा भइसकेको तथ्य के हो भने कमजोर अर्थतन्त्र भएका मुलुकबाट अमेरिकामा आएका विद्यार्थी काम नगरी पढून् भन्ने चाहना राख्ने हो भने केबल एउटै अवस्थामा मात्र सम्भव छ- उनीहरुलाई पूर्णातः छात्रवृत्ति दिनुपर्छ ।

तर यो व्यावहारिक छैन । अमेरिकी प्रशासन यस सम्बन्धमा दोहोरो मानसिकतामा छ- पहिलो, ऊ विद्यार्थी सस्ता मजदुर हुन् भन्ने जानकारी राख्दछ र दोस्रो, विद्यार्थीले काम गर्दै पढ्न पाउनर्ुपर्छ भन्ने सोचलाई कानुनी मान्यता पनि दिँदैन । यसको मार गरिब मुलुकका विद्यार्थीलाई परेको छ । उनीहरु गैरकानुनी रुपमा काम गर्दै पढ्न बाध्य छन् ।

-नेपालीहरु आफनै समुदायका व्यक्तिबाट पनि ठगिएका छन् । बे एरियाका एन अधिकारी र एस सिटौलाले क्यालिफोर्नियाका विद्यार्थीलाई ठगेको देखियो । अधिकारी वकिल हुन् भने सिटौला शरणार्थी बनेर यतै बसोबास गरिसकेका छन् ।

उनीहरु अमेरिकामा कुनै पनि प्रकारको भिसामा प्रवेश गरेका नेपाली विद्यार्थीलाई एसाइलुम -शरणार्थी)को मान्यता दिलाएर वर्क-परमिट, ग्रिन कार्ड हुँदै अमेरिकाकै नागरिक बनाउन सघाउँछन् । उनीहरु प्रतिव्यक्ति १ हजार ५ सय डलर शुल्क लिएर एसाइलुमको दर्जा दिलाउन कागजात तयार पारिदिन्छन् ।

सामान्यतः विद्यार्थी भिसामा अमेरिका छिरेका विदेशीका लागि सधैं अमेरिका नै बसोबास गर्नका लागि मात्र शरणार्थी बन्नुपर्ने स्थिति आएको होइन । कामको उचित ज्यालाका लागि पनि यो विधि अपनाउनुपरेको हो । गैरकानुनी ढंगले काम गर्ने विद्यार्थीले १ घण्टा काम गरेर औसत आठ डलर पारिश्रमिक पाउँछ भने वर्क-परिमिट पाएको व्यक्तिका लागि यो अंक बढ्छ । विद्यार्थीले पेट पाल्न र कलेजको शुल्क तिर्न पुग्ने हदसम्मको वर्क परमिट पाउने हो भने शरणार्थी बन्ने नाटक गरिरहनुपर्ने थिएन ।

- ँएच वनबी’को स्तर हासिल गरेका विद्यार्थीलाई अर्का उदाहरणका रुपमा लिन सकिन्छ । विद्यार्थीले आफनो कोर्स पूरा गरेको तीन महिनाभित्र अमेरिका छोड्नुपर्छ । अमेरिका नछोड्नका लागि कुनै स्थानीय कम्पनीले ँयो व्यक्ति मेरो संस्थाका लागि उच्च दक्षताको व्यक्ति हो, म प्रायोजन गर्छ भनिदिनुपर्छ । उसको भिसाको स्वरुप पनि बदलिन्छ र वर्क परमिट पाउँछ ।

ँएच वनबी’ भिसा पाउनु आफैंमा प्रतिष्ठाको विषय पनि हो । धरैले यो अवसर पाउँदैनन् । खास गरी विज्ञान र प्रविधिमा आधारित सीप हासिल गरेका व्यक्तिले मात्र यो अवसर पाउँछन् । ँएच वन’ हासिल गरेका व्यक्तिका लागि अमेरिका निकै आनन्दको ठाउँ बन्न पुग्छ ।

अमेरिकी नागरिकसरह तलब-सुविधा पाउनु त छँदै छ साथमा पाँच वर्षबिताएपछि नागरिकताका लागि निवेदन दिन पनि पाइन्छ । यद्यपि अमेरिकामा ग्रिनकार्ड पाएर ५ वर्षम्म काम गरेका ठूलो परिमाणका नेपालीले नागरिकताका लागि निवेदन दिएका भने छैनन् । ँजागिर खाएर बस्नु एउटा कुरा हो, मुलुकलाई नै बिर्सनु अर्को कुरा’ भन्ने वकल्यान्डको ग्यास स्टेसनका रोशनलाल जोशीजस्ता जन्मभूम्रि्रति बढी संवेदनशील नेपालीहरु अमेरिकी नागरिकता लिन चाहिरहेका छैनन् ।

नेपालीले मौका मिलेसम्म सीप र क्षमता देखाएर र कठोर मिहिनेत गरेर आफूलाई स्थापित गर्छन् भन्ने धेरै उदाहरण छन् । डाक्टर, इन्जिनियर बनेर अमेरिकामा सीप देखाइरहेका नेपालीको संख्या पनि राम्रै छ । आफनै व्यवसाय चलाएर स्थापित नेपालीको संख्या पनि कम छैन । सानप|mान्सिस्को बे एरियाका रियल स्टेट व्यवसायी एन घिमिरे आज तीन-चार वटा घरका मालिक बनिसकेका छन् भने ब्युटी पार्लर चलाएर बसेकी रिना दीक्षित छोटो समयमै अर्को यस्तै पसल खोल्ने तयारीमा लागेकी छन् ।

२०औं वर्षरेस्टुराका मेनेजर बनेका यसै क्षेत्रका अनिल पाण्डेले आफनै घर किन्न मात्र सफल भएका छैनन्, मदरल्यान्ड नेपाल नामक सामाजिक संस्था सञ्चालन गरेर नेपालीको सेवा गर्दै सामाजिक स्तर पनि अभिवृद्धि गरेका छन् ।

अमेरिकामा रहेर बलियोसँग खुट्टा टेकिसकेका व्यक्तिहरुले देखाएको सकारात्मक दृष्टान्तलाई पाँचौं नम्बरको उदाहरणमा राखौं । यस वर्गमा पर्ने ठूलो संख्याका नेपालीमध्ये कतिले अवसर पाएर पनि अमेरिकी नागरिकता हासिल गरेका छैनन्, जतिले हासिल गरेका छन् उनीहरुलाई पनि नेपाली भाषा, संस्कार र परम्परा छोड्ने विचार छैन । वकल्यान्डमा रेस्टुरा चलाएर बसेका आर लामा आज आफूभन्दा पछिल्लो पुस्तादेखि नेपालीत्त्व मेटिन लागेकोमा चिन्तित छन् ।

नेपालमा विद्यार्थी नेता भएर सक्रियता देखाएका लामा १५ वर्षघि अमेरिका छिरेका हुन् । उनी तिब्बती मूलकी चिनियाँ केटीसँग प्रेम गर्न पुगे । अमेरिकी नागरिक बनिसकेकी ती केटीका कारण उनलाई पनि नागरिकता पाउन सजिलो भयो । तर आज उनको परिवारमा नेपाल छैन । उनीसँगै नेपाली भाषा, संस्कार मर्दै छ । उनी अहिले पे्रम, विवाह र सम्बन्ध कायम गर्दा पनि नेपालीसँगै गर्न सकेको भए आफनो पछिल्लो पुस्ता पनि नेपाली भइरहन सक्ने थियो भन्छन् ।

सुखद पक्ष के भने लामाले अमेरिकामा प्रवेश गर्दा जुन प्रकारको अवस्था थियो आज त्यस्तो छैन । नेपालीका लागि प्रेमी प्रेमिका पनि नेपाली नै उपयुक्त हुने, पारिवारिक सुख-सन्तुष्टि प्राप्त हुने र नेपाली संस्कार कायम राख्न सजिलो पर्ने तथ्यलाई सबैले बुझेको अवस्था छ । नागरिकता नै लिए पनि नेपाली संस्कार छोड्नु हुन्न भन्ने धारणा अमेरिकामा आज संर्घष्ा गरिरहेका नेपालीले व्यक्त गरेका छन् ।

ँयो नेपालीपन भाडमा जाओस्’, भनेको कतै सुनिएन । अमेरिकामा रहेर आ-आफनै समुदाय बनाएर बसेका भारतीय, चिनियाँ, भियतनामी, मेक्सिकी आदिको दृष्टान्तले पनि नेपालीलाई यो असल मार्ग अवलम्बन गर्न प्रेरित गरेको हुनुपर्छ ।
अमेरिकामा स्थापित भइसकेका र राम्रो आयआर्जन भएका नेपालीको अर्को साझा धारणा रहेको छ- द्वैध नागरिकता ।

नेपालमा लगानी गर्ने पुँजीको सीमा तोकेरै भए पनि यो सुविधा दिनु नेपालका लागि पनि लाभप्रद हुने धारणा नेपाली अमेरिकीहरुको छ । जस्तो १ करोड रकम नेपालमा लगानी गर्न तयार पर्ूवनेपाली नागरिकले नेपालको नागरिकता पाउने हो भने एकातिर मुलुकमा पुँजी लगानी बढ्नेछ भने अर्कातिर मुलुकप्रति सेवा गर्ने र सम्बन्ध बनाइराख्ने इच्छा पनि पूरा हुनेछ । यसले मुलुकलाई लाभसिबाय नोक्सान हुने छैन ।

नेपाल सरकार आज मुलुकभित्रकै नोपालीलाई वास्ता गर्न सकिरहेको छैन । उसको प्राथमिकतामा नेपालबाहिर पुगेका नेपालीहरु नपर्नु स्वाभाविकै पनि हो । तर नेपालबाहिरका नेपालीलाई ध्यान दिने हो भने मुलुकभित्रकै नेपालीको पनि कल्याण हुने अवस्था छ । अमेरिकामा रहेका नेपालीको खल्तीको पँुजी नेपालमा ल्याउन सक्ने हो भने देशभित्रै रहेका नागरिकलाई पनि लाभ पुग्ने निश्चित छ । विदेशमा रहेका नेपालीको वास्ता गर्ने कामको थालनी अवैतनिक प्रतिनिधि तोकेर गर्न सकिन्छ ।

अमेरिकाको र्सवाधिक ठूलो राज्य क्यालिफोर्नियाका सानपान्सिस्को र लसएन्जलस क्षेत्रको भ्रमण गरेर हर्ेदा यहाँ रहेका नेपालीका लागि नेपाल सरकारले ँअनरेरी कन्सुलर’ तोकिदिनु सुखद थालनी हुन सक्नेछ । नेपालीका समस्या सुनिदिने र पुँजी नेपाल भित्र्याउन सघाउने उद्देश्यका लागि काम गर्न तयार भएर बसेका अनुभवी नेपाली अमेरिकीहरु यहाँ छन् ।

त्यस्ता व्यक्तिको प्रभाव, समाज सेवा, संगठन र लामो योगदानलाई समेत ख्याल गरेर क्यालिफोर्नियामा अवैतनिक प्रतिनिधि छान्नु आवश्यक छ । यस्तो आवश्यकता अन्यत्र धेरै ठाउँमा हुन सक्छ, त्यसको खोजी गर्नुपर्छ । नेपाली जहाँ पुगे पनि उनीहरु अभिभावकविहीन र निरीह बन्नु हुन्न ।

http://newsofnepal.com/detailnews.php?type=samachaar&cat=13&id=12923

Read Full Discussion Thread for this article