Posted by: sumiit August 27, 2008
"मलाई माफ गरिदिनुस्" - दीपक विष्ट
Login in to Rate this Post:     0       ?        

'मलाई माफ गरिदिनुस्’

अजय हमाल

काठमाडौं, भदौ १० - बेइजिङबाट पहिलो ओलम्पिक पदक ल्याउने अपेक्षा गरिएका तेक्वान्दो खेलाडी दीपक विष्टले नेपाली खेलप्रेमीको चाहना पूरा गर्न नसकेकामा मंगलबार 'माफी' मागेका छन् ।

'मैले नेपाली खेलप्रेमीको आशा पूरा गर्न सकिन“,' सोमबार राति स्वदेश फर्केका दीपकले कान्तिपुरसित भने- 'यसका लागि म माफी चाहन्छु । विगतमा मेरो राम्रो पर््रदर्शन र सफलतालाई सम्झेर माफ गरिदिनुहन्छ भन्ने विश्वास लिएको छु ।'

ओलम्पिक इतिहासमा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन । ओलम्पिकमा छनोट चरण पार गरेका दीपकबाट पदकको आशा गरिएको थियो । चार वर्षघि तेक्वान्दोकै संगीना वैद्य पनि छनोट चरण पार गरेर ओलम्पिक पुगेकी थिइन् ।

बेइजिङको असफलताले दीपकलाई निराश भने बनाएको छैन । २-३ महिनामै प्रशिक्षणमा जुट्ने दीपकले अगाडिका दिनमा झनै उत्कृष्ट गरेर देखाउने अठोट गरेका छन् । 'ओलम्पिकको असफलताले मलाई दुःखी मात्र बनाएको छ,' ३२ वषर्ीय खेलाडीले भने- 'तर म निराश भने

छैन । आगामी दिनमा अझ उत्कृष्ट गरेर देखाउने छु । अब म आगामी दक्षिण एसियाली खेलकुदलाई ध्यानमा राखेर प्रशिक्षण गर्ने छु ।'

ओलम्पिकको पहिलो चरणको प्रतिस्पर्धामा इरानी खेलाडी सेइ हादीविरुद्ध केही गल्ती गरेको दीपक स्वीकार्छन् । 'हादीस“ग आक्रामक खेल्नु मेरो गल्ती थियो,' पहिलो चरणको स्पर्धा सम्भ“mदै उनले भने-'रक्षात्मक खेलेको भए राम्रो हुने थियो । आक्रामक खेल्दा मेरो गोडामा समेत समस्या आयो ।'

लामो अन्तर्रर्ााट्रय अनुभव बटुलेका दीपकले गोडाकै समस्याका कारण कांस्यका लागि भएको खेलमा पनि राम्रो गर्न नसकेको बताए ।

'दुवै खेलमा मैले सक्दो प्रयास गरेको हु“ । हामीले हादी विश्व नम्बर-एक र अर्का खेलाडी चीनको भएको बिर्सनु हु“दैन ।' वेल्टर-वेटमा खेलेका १६ खेलाडीमध्ये दीपक सातौं स्थानमा रहे ।

दीपकले बेइजिङ ओलम्पिकका लागि दक्षिण कोरियामा चार महिनाको प्रशिक्षणसमेत गरेका थिए । तयारीका हिसाबले आफू ओलम्पिकमा प्रतिस्पर्धा गर्न सक्षम रहेको उनले बताए । 'कम तयारीले भिड्ने हिम्मत गर्न गाह्रो छ,' उनले भने- 'त्यहा“ सबै राम्रो तयारीले गएका हुन्छन् । तयारी कम भएको भए म सातौं स्थानमा आउने थिइन“ ।'

ओलम्पिक पदक खेलाडीको प्रयासले मात्र नआउने उनको तर्क छ । यसका लागि खेलकुदमा सरकारको ठूलो सक्रियता महसुस गर्छन् उनी । ओलम्पिक पदक ल्याउन खेलाडीको प्रयासले मात्र सम्भव हु“दैन,' उनले भने- 'यसका लागि खेलकुदमा राम्रो व्यवस्थापनको आवश्यकता पर्छ । सरकारले पदक ल्याउने नीतिअनुरूपको कार्यक्रम अघि सानर्ुर्ुर् ।'

चीनमा १६ दिनसम्म सञ्चालन भएको विश्व खेल मेलामा दीपकसहित नेपाली आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । भारोत्तोलनका कमलबहादुर अधिकारीले राष्ट्रिय कर्ीर्तिमान भंग गरेर व्यक्तिगत पर््रदर्शनमा सुधार

गरे । अन्य खेलाडीको पर््रदर्शन बिर्सनलायक रह्यो ।

एथलेटिक्सबाट अजर्ुर्ुहादुर बस्नेत र चन्द्रकला थापा, पौडीबाट प्रसिद्धजंग शाह र करिस्मा कार्की, जुडोबाट देवु थापा र सुटिङमा फूलमाया क्याप्छाकीले प्रतिस्पर्धा गरेका थिए ।

Source: http://www.ekantipur.com/

Read Full Discussion Thread for this article