Posted by: stopthewar August 27, 2008
Educated MP
Login in to Rate this Post:     0       ?        
पढ्न नजान्नेे सबै माओवादीमा !कसको कति शैक्षिक योग्यता ?


काठमाडांै । संविधान-सभामा सबै भन्दा ठूलो दल नेकपा माओवादीका अधिकांश सभासद्हरू संविधान लेख्ने त कुरौ छाडौं संविधान पढ्नै नसक्ने हैसियतका छन् । माओवादीका अधिकांश सभासद्ले एसएलसी पनि उत्तिर्ण्र्ाारेका छैनन् । केहीले प्रौढ कक्षा पढेका छन् भने केहीले त त्यो पनि छैन । जब कुनै व्यक्ति साक्षर नै छैन भने त्यसले कसरी जनताको पक्षमा काम गर्लान - संविधानसभा सचिवालयमा बुझाएको व्यक्तिगत विवरणमा माओवादी सभासद्को शैक्षिक हैसियत देखेर सबै दंग परेका छन् । तर उनीहरूले आफूहरूसँग देश र विदेशीको राजनीति अध्ययन गर्ने क्षमता छ भनेर गरेको भाषण पनि हावादारी भएको छ । प्रौढ शिक्षा लिएर साक्षर भएकाहरूले कसरी राजनीतिक दर्शन अध्ययन गरे - त्यो अर्को आर्श्चर्य भएको छ । २ सय २९ जना सभासद् मध्ये हालसम्म करिब एक सय माओवादी सभासद्ले आफ्नो व्यक्तिगत विवरण सचिवालयमा बुझाएका छन् । तीमध्ये एक दर्जनभन्दा बढीमात्र साक्षर छन् । करिब २० सभासद् एसएलसी परीक्षामा अनुत्तर्ीण्ा भएका छन् । एसएलसी उत्तर्ीण्ा भएका १७ सभासद्ले पनि प्रमाणपत्र तह पार गरेका छैनन् । माओवादी सभासद् बालकृष्ण ढुंगेल, इन्दिरा थारू, रामचरन चौधरी, र्सर्ूयमान दोङ तामाङ, हरिलाल थापामगर, सुकदेश चौधरी, लीलादेवी मेहता, निमा लामा, कल्पना सुवेदी, पुरन थारू, डिल्लीमान तामाङ र विष्णुकुमारी र्राई साक्षरमात्र छन् । त्यस्तै, कक्षा तीनदेखि एसएलसीसम्म पुग्नेमा कालीबहादुर मल्ल, लीलाकुमारी बगाले, तुलाबहादुर माझी, बुद्धिराम गुरुङ, प्रचण्डकी छोरी रेणु दाहाल, पट्टु थारू, गोपाल किराँती, ओनसरी र्घर्तीमगर, रूपा सोसी चौधरी, लीलाकुमारी भण्डारी, दावा तामाङ, निरकुमार कँुवर, वीरबहादुर तामाङ, रूपा विक, राम र्राई, दर्ुर्गीदेवी पासवान, दर्ुगाबहादुर विश्वकर्मा, खेमबहादुर बम, उमा कार्की, पर्ूण्ाबहादुर र्राई, सन्तमाया तामाङ, संघप्रसाद थारू, गमबहादुर श्रीसमगर, रेणुका चौलागाईं, देवीलाल चौधरीलगायत छन् । व्यक्तिगत विवरण भरेका करिब २० माओवादी सभासद्ले स्नातक तहसम्मको अध्ययन गरेका छन् भने पाँचजना स्नातकोत्तर पूरा गरेका छन् । माओवादीभित्र सबैभन्दा बढी अध्ययन गर्नेमा अर्थमन्त्री डा. बाबुराम भट्टर्राई र सभासद् इन्द्रजित र्राई छन् । भट्टर्राईले आर्किटेक्चर र क्षेत्रीय विकासमा विद्यावारिधि -पीएचडी) गरेका छन् भने समानुपातिकबाट सभासद् बनेका र्राईले सैन्य विज्ञानमा विद्यावारिधि गरेका छन् । सभासद् भिक्षु आनन्द, तिलक परियार, मणि खुम्बु किराँती, लीलादेवी मेहता, पुरन थारूलगायत एक दर्जनले व्यक्तिगत विवरणमा आफ्नो शैक्षिकयोग्यता नै खुलाउन सकेका छैनन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल कृषि विषयमा स्नातक, रामबहादुर थापा पनि कृषिमै प्रमाणपत्र तह, मोहन वैद्य नेपाली साहित्यमा स्नातकोत्तर, विदेश विभाग प्रमुख चन्द्रप्रकाश गजुरेल बीएस्सी, मातृका यादव एमएड, देव गुरुङ राजनीतिशास्त्रमा स्नातकोत्तर र हिसिला यमी आर्किटेक्चरमा स्नातकोत्तर हुनुहुन्छ । त्यसबाहेक केशव नेपाल, पुरशुराम रम्तेल, र्सर्ूयबहादुर सेन ओलीले पनि स्नातकोत्तर गरेको विवरणमा उल्लेख गरिएको छ ।
Last edited: 27-Aug-08 08:21 AM
Read Full Discussion Thread for this article