Posted by: somewhereondearth August 24, 2008
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        

(i know its not upto the mark भउते गुरु has set, तर आज फेरि पुल्चोकको याद आयो,)

 

 

क्यान्टिन हिड्यो, CIT पुग्यो,

welcome ceremony, आँखा जुध्यो

नहांसे पनि हेर्न मन लाउने

id नै बिना, email पठाउने ।

 

अर्काकि गर्लफ्रेण्ड, माया लायो,

फेरि पुल्चोकको याद आयो ।

 

ल्याब नै हापेर, बाटो ताक्ने

ईन्द्रमानको गालि, सबलाई ढाँट्ने ।

बल्ल बल्ल कुरेर उनलाई देख्यो,

बजिया जुनियर साथमा भेट्यो ।

 

टेन्सन पायो, दारु खायो

फेरि पुल्चोको याद आयो ।

 

अर्काकि केटि,  बालै भएन

माया पिरति को सुर तालै भएन ।

सब थोक बिर्सेर नोट बनायो,

लेख्न नपाई, रुटिन हरायो ।

 

गोपाल, ढकालका गीत लायो

फेरि पुल्चोकको याद आयो ।

 

एसिस्मेन्ट सजिलो, फाईनल गाह्रो

बाजी जित्यो, ईन्डिया हार्यो ।

अर्काको जर्सि, फुटबलमा लायो

हिलो ग्राउण्ड, गालि खायो ।

 

लेडिस होस्टेल आँखा लायो,

फेरि पुल्चोकको याद आयो ।

 

लाईब्रेरि अगाडि, entrance form को ताँति,

३ बर्ष खालि हात, आश  चाहिं बाँकि ।

अलिखे, नेबिसंग फर्म भर्न सघायो,

त्यहि निहुँले आँखा लगायो ।

 

नयां गोरीमा  माया लायो

फेरि पुल्चोकको याद आयो !!!!

 

Read Full Discussion Thread for this article