Posted by: dipika02 August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

बौचा तिमी आँफै निहु खोजी खोजी हिड्छौ त के भन्ने?
मलाई र सानु लाई काम न काज को बिभाग दिएर अझ आफु चाइ बिभाग प्रमुख भन्ने तिमीनै हौ। होइन भने होइन भन क्यारे
एउटा कथा सम्झे के मैले। बाँदर ले बाघ सुतेको देख्यो भने के गर्छ रे भनन?

पहिले बाघ को पुच्छर चलाएर बुत्रुक्क रुखमा हाम्फालिहाल्छ रे। बाघ चै चुप लागेर आँखा बन्द गरेरै सुतिरहन्छे रे। अनी फेरी बाँदर त अब बाँदर न पर्‍यो, बाघ त निदाएको रहेछ भनेर बाघ को छाती को रौं तान्न जान्छ रे अनी फेरी हत्तनपत्त रुखमा हाम्फल्छ रे। बाघ तै पनि चुप लागेर सुतिरहन्छ रे। बाँदरलाई त्यती बदमासी ले नपुगेर बाघलाई हेपेर त्यस्को जुङा तान्न जान्छ रे। अनी बाघ ले त्यस्लाई बाँकी राख्ला त भनेको?

अब हेर यहाँ त न म बाघ परे न तिमी बाँदर तर लहरे नै भए पनि तिमी बेला बेला मा बाँदर जस्तो काम नगर साथी फेरी चौतारीका बाघहरुले छोड्दैनन,  अनी त्यो बेलामा चै केही नभन्नु फेरी

Read Full Discussion Thread for this article