Posted by: ritthe August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

जिल्ला साझा गाबिस चौतारी वडा न. ४२० मा स्थाइ बसोबास गरी आएका हडबडेन्द्र लाल लाकौलका नाती लडबडेन्द्र लाल लाकौलका छोरा अन्दाजी बर्ष ३० का लहरे लाल लाकौल आगे ऐ. ऐ. वडामा बसोबास गरिआएका चौतारी
गाबिसका सम्पूर्ण गाउलेहरु माथि निज प्र. लाकौलले गरेको दुर्ब्यभार र गालीगलौजको उपर कार्यवाही गर्ने हेतुले यो नालिस पत्र लेख्ने कार्य गरिएको छ !

निज प्र. लहरे लाल लाकौल बिगत केही समय देखी गब्बर सिङ स्टाईलमा चौतारीमा आई सम्पूर्ण गाउलेहरुलाई अनयासै गाली गलोज गरी चौतारीकै गरिमामा आँच आउने गरी अभद्र ब्यभारका साथै मन्त्रिपरिशदको निर्णय बिना नै आफुखुसी केही चौतारी सदस्यहरु को पुन: नामाकरण गरी आफु खुशी बिभाग गठन गरी सो बिभागको सो कल्ड अध्यक्ष पनि आँफैलाई घोसित गर्ने जस्ता अराजक कृयाकलाप गर्दै आएका छन ! अत: प्र.  निज लाकौलले भये गरेका सम्पूर्ण विवरण सहितको बयान यस चौतारी अदालतमा बाटोको म्याद बाहेक ३५ मिनेट भित्र बुझाउनु पर्ने छ अन्यथा चौतारी ऐन २०६३ को दफा २७ समुह २ ख को उपसमुह ४ ग र सोही दफाको उपदफा ३३ को समुह च को उपसमुह क बमोजिम कडा भन्दा कडा कार्वाही गरीने जानकारी गराइन्छ !

वादीहरु:

सम्पूर्ण लहरे पीडित गाउलेहरु
चौतारी गाबिस वडा न ४२०
साझा नगर

Read Full Discussion Thread for this article