Posted by: shirish August 20, 2008
Following Prachanda
Login in to Rate this Post:     0       ?        
They started togather, can they finish togather ? ?
 
माओवादी र एमाले मात्र छलफलमा
तीन दलीय भनिए पनि मधेसी जनअधिकार फोरमका नेताहरु माओवादी संसदीय दलको कार्यलयबाट बाहिरिएपछि माओवादी र एमाले नेताबीच मात्र छलफल सुरु भएको छ ।

तीन दलीय छलफलका निम्ति सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यलयम पुगेका मधेसी जनअधिकार फोरमका नेताहरु एमाले नेताहरु आइनपुग्दै बाहिरिएका छन् । भदौ ४ गते बेलुका साढे ५ बजे फोरम संसदीय दलका प्रमुख बिजयकुमार गच्छेदारलगायत नेताहरु माओवादी कार्यलयमा पुगेका थिए भने ६ बज्न पाँच मिनेट बाँकि रहँदा उनीहरु त्यहाँबाट निस्किए । निस्किदैगर्दा त्यहाँ उपस्थित संचारकर्मीहरुसँग गच्छेदारले माओवादी नेताहरुसँग आफ्नो राजनीतिक कुरा नै नभएको उल्लेख गरे । 'हामीसँग छलफल तोकिएकै होइन, एमालेसँग छलफल हुँदै होला ।'

फोरम नेताहरु माओवादी कार्यलयबाट निस्किएको पाँच मिनेटपछि नै एमाले नेताहरु भने त्यहाँ पसेका छन् । श्रोतका अनुसार, एमाले नेताहरुलाई दिउँसो तीन बजे छलफल हुने भनेर बोलाइएको थियो । तर, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वबाट पौने ५ बजे मात्र राजधानी आएपछि भर्खरै बैठक सुरु हुनलागेको हो । तीन दलीय छलफल हुने भनिए पनि फोरम नेताहरु बाहिरिनुको कारण भने स्पष्ट हुनसकेन । यसैगरी, त्यसबारे बुझ्न खोज्दा छलफलमा सहभागि माओवादी नेताहरुसँग पनि सम्पर्क हुनसकेन । 
 सूचना:  यो समाचार/ लेख/ अन्तर्वार्ता प्रशारण वा प्रकाशन गर्दा हिमालखबर डट कमलाई उदृत गर्न अनुरोध छ
Read Full Discussion Thread for this article