Posted by: crapManDo August 20, 2008
Possible Assassination
Login in to Rate this Post:     0       ?        
प्रचण्डको प्रस्तावित चीन भ्रमणप्रति भारतको असन्तुष्टी'
 

 
 
शपथ ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले सोमबार राष्ट्रपतिबाट आफ्नो पदको शपथ लिएका थिए
गणतन्त्र नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावित चीन भ्रमण प्रति भारतले असन्तुष्टी जनाएको एकजना वरिष्ठ माओवादी नेताले बताएका छन्।

तर नेकपा (माओवादी)को अन्तर्राष्ट्रिय विभागका प्रमुख सीपी गजुरेलका अनुसार ओलम्पिक खेलकूदको समापन समारोहमा भाग लिन चीन जाने आफ्नो योजनामा प्रधानमन्त्री प्रचण्ड अडिग छन्।

आफ्नो योजना अनुसार प्रधानमन्त्री प्रचण्ड चीन गए भने यसले नेपालका राष्ट्रप्रमुख वा सरकार प्रमुखले आफ्नो पदभार संभालेपछि सबभन्दा पहिला उत्तरी छिमेकीको सट्टा दक्षिणी छिमेकी भारतको भ्रमण गर्ने परंपरा तोड्नेछ।

यो कुरा आफुलाई मन नपरेको स्पष्ट संकेत भारतले दिएको वरिष्ठ नेता गजुरेलले बीबीसीलाई बताए।

“यत्ति छिट्टै चीनको भ्रमण नगरेको नै राम्रो भन्ने सुझाव दक्षिणबाट आएको छ।"

तर गजुरेलले भने, “ओलम्पिक खेलकूदको समापन समारोहमा भाग लिन जो प्रधानमन्त्री हुन्छ उसैलाई बोलाउने भन्ने चीनको कुरा भएको र त्यहाँ उक्त समारोहमा मात्र भाग लिने बाहेक अरु उद्देश्य नभएकाले प्रधानमन्त्री प्रचण्ड जाने नै समझदारी भएको छ।"

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै भारतीय प्रधानमन्त्री मनमोहन सिंहले पठाएको बधाई सन्देशमा उनले प्रचण्डलाई अनुकूल हुनेगरी सकेसम्म छिटो भारतमा स्वागत गर्न पाए आफु खुशी हुने उल्लेख गरेका थिए।

 यत्ति छिट्टै चीनको भ्रमण नगरेको नै राम्रो भन्ने सुझाव दक्षिणबाट आएको छ
 
सीपी गजुरेल, बरिष्ठ माओवादी नेता

निम्तो

त्यसको पर्सीपल्ट चिनियाँ राजदूतले प्रधानमन्त्री प्रचण्डलाई भेटी ओलम्पिक खेलकूदको समापन समारोहमा भाग लिन निम्तो दिएका थिए।

यो बिषयमा राखिएको बीबीसीको जिज्ञासामा नेपालका लागि चिनियाँ राजदूतले कुनै टिप्पणी गरेनन्।

यसअघि भारत भ्रमणको निम्तो पाएका नवनिर्वाचित राष्ट्रपति रामवरण यादवले ओलम्पिक खेलकूदको उदघाटन समारोहमा भाग लिन चीन जाने आफ्नो निर्णय अन्तिम घडीमा बदलेका थिए।

हुन त तत्कालीन प्रधानमन्त्री नेकपा एमालेका मनमोहन अधिकारी झण्डै डेढ दशकअघि पहिलो बिदेश भ्रमणका लागि एउटा राष्ट्रसंघीय सम्मेलनमा भाग लिन डेनमार्क गएका थिए।

तर नेपालका कुनैपनि सरकार प्रमुख आफ्नो पहिलो भ्रमणका निम्ति उत्तरी छिमेकी चीन गएका छैनन्।

परराष्ट्र मन्त्रालयका सूत्रहरुका अनुसार चीनमा भइरहेको ओलम्पिक खेलकूदको समापन समारोहमा प्रधानमन्त्री प्रचण्डले भाग लिन जाने तयारी शुरु गरिसकिएको छ।

विश्लेषकहरु भन्छन्, पछिल्ला कूटनीतिक घटनाहरुले दुई ठूला आणविक छिमेकीहरुबीच च्यापिएको नेपालको जटिल भूराजनीतिक चुनौतीलाई अरु छर्लंग तुल्याइदिएको छ।

Read Full Discussion Thread for this article