Posted by: Geology Tiger August 20, 2008
पन्ध्र प्रदेशको प्रस्ताव.....
Login in to Rate this Post:     0       ?        
केन्द्रशासित प्रणालीबाट बिकेन्द्रित संघीय प्रणालीमा जानको लागि नेपाललाई बिभिन्न राज्यमा बिभजित गर्नु एक किसिमले ठिकै हो तर त्यस्तो बिभाजन खाली जातियताको आधारमा मात्र गरियो भने कालान्तर्मा त्यो नेपालको लागि अत्यन्त घातक सिद्द हुनेछ। एकातिर हामी संसारमा बड्ढै गरेको आधुनिक तकनिकी पनि भित्राउन चाहन्छौ भने अर्कोतिर पुरानै जातजाती भाषाभाषिको नारा पनि अझै अलाप्छौ कस्तो अचम्म! हाम्रो जातिय पहिचान र भाषाको बिकास गर्नु जरुरी छ तर यसो भन्दैमा बिभाजन हुनु कदापी राम्रो कुरा होइन। कहिले काही त हाम्रो नेताहरुको मुर्खतामा भनु या हामीलाई मुर्ख बनाउने प्रयासमा  हासो उठ्छ। नेपालमा हरेक चोटि जब नेपाल सम्बत् सुरु हुन्छ त्यो दिन हाम्रो नेताहरुले केही नसोची बोली दिन्छन नेपाल सम्बत् नेपालको कामकाजमा प्रयोग गर्नु पर्छ। अब संसार भरिनै प्रयोग भएको इस्वी सम्बत् प्रयोग गर्नु त कहाँ हो कहाँ अझ चन्द्रमासमा आधारीत नेपाल सम्बतलाई कामकाजमा प्रयोग गर्ने रे। अनी हामी ती नेताभन्दा पनि झन मुर्ख बनी वा ! क्या कुरा गर्‍यो येस्ले ! भनी तिनैकापछी दौडिन्छौ।        
Read Full Discussion Thread for this article