जाती र भाषा मानबिय संबेदना सबै भन्दा संबेदनशिल तत्वहरु हुन। त्यसैले होला, धेरै पहिले देखिन एउटा राजनीती धारको प्रतिनिधित्व गर्ने समूहले यसको बढवा दिदै आएका थिए र आज पनि तिनै को बाहुल्य छ। गैर नेपाली भाषीले सधैं आफ्नो कमी कमजोरी को दोष नेपाली भाषा लाई दिने गरेको र तिनै असफलताको आक्रोशलाई भाषा राजनीति गर्नेहरुले प्रयोग गरेका हुन।
नेपाल मा नेपाली नबुझ्ने कती छन त , कुनै तथ्यांक छैन। साक्षर जती ले लेख्न र बोल्न सक्छन नै । अलिकती बोलाई को लवजमा भिन्नता होला, अलिकती व्याकरणमा गल्ती होला। बुझ्दै न बुझ्ने त शायदै होला। हो अझै पनि मेरै टोलमा राम्रो संग नेपाली बोल्न नसक्ने बजैहरु छन। १०-१५ अगाडि सम्म बोल्नै नजन्ने र नबुझ्ने पनि टेलिभिजन को कारण बुझ्ने भएका छन।
अर्को कुरा, आ-आफ्नो मात्रीभाषा सबैलाई प्यारो हुन्छ, मात्रिभाषा संग आफ्नो पहिचान लुकेको हुन्छ, त्यसैले त्यो भाषाको संरक्षण संबर्धन हुनु पर्छ। हुनु पर्छ भन्दा पनि आँफैले गर्नु पर्छ। आफ्नै छोरी ले नेपाली बाहेक नबोल्ने नेपाल भाषाका कथित सर्बमान्य पद्म रत्न जस्ता नेताहरुले बहुभाषी सह्-अस्तित्व हाम्रो समाजमा टायर् बालेका हुन। अझै बाल्दै छन।
त्यसैले दोस्रो कुनै भाषा को वकालत गर्नु भनेको त्यो बलिरहेको नेपालमा पेट्रोल छर्किनु भन्दा अर्को हुन सक्दैन।