Posted by: luoshi August 19, 2008
पन्ध्र प्रदेशको प्रस्ताव.....
Login in to Rate this Post:     0       ?        

नेकपा -एमालेले राज्य पुनःसंरचनाका लागि १५ वटा राज्यको प्रस्ताव अगाडि सारेको छ ।

पार्टर्ीीे राज्य पुनःसंरचनासम्बन्धी कार्यदलले राजधानीमा आयोजना गरेको 'राज्यको पुनःसंरचनासम्बन्धी राष्ट्रिय अन्तरक्रिया' कार्यक्रममा कार्यदलका संयोजक एवम् पार्टर्ीीथायी समिति सदस्य वामदेव गौतमले १५ वटा सङ्घीय राज्यको अवधारणासहितको प्रस्ताव कार्यपत्रका रूपमा प्रस्तुत गर्नुभयो ।

कार्यपत्रमा तर्राईमा पा“चवटा प्रदेशको प्रस्ताव गरिएको छ । जसमा विराट प्रदेश, मिथिला प्रदेश, स्रि्रौन प्रदेश, लुम्बिनी प्रदेश र बुरान-थरूहट प्रदेश छन् । प्रस्तावित अन्य प्रदेशहरूमा कर्ण्ााली प्रदेश, गण्डक/मगरात प्रदेश, ल्होसार/तमुआन प्रदेश, सैलुङ/ताम्सालिङ प्रदेश, काठमाडौ“/नेवाः प्रदेश, अरूण/किरा“त प्रदेश, कोसी प्रदेश, तमर/लिम्बूआन र नारायणी -केन्द्र शासित) प्रदेश छन् ।

 

Read Full Discussion Thread for this article