Posted by: refail August 19, 2008
WHF
Login in to Rate this Post:     0       ?        

Do you believe this????

नेपालीको मासिक आय रु.२७ हजार

काठमाडौं, अगस्ट १९

नेपाल राष्ट्र बैङ्क चौथो पारिवारिक बजेट र्सर्वेक्षणले नेपालीको मासिक औसत पारिवारिक आय रु.२७ हजार ३९१ देखाएको छ ।

 सो अनुसार सहरीक्षेत्रमा रु.३१ हजार ९३५ र ग्रामीण क्षेत्रमा रु.२२ हजार २२५ रहेको छ ।

 यसैगरी परिवारको औसत मासिक खर्च रु.१५ हजार १३० रहेकामा सहरीक्षेत्रमा रु.१७ हजार ८९६ र ग्ा्रामीणक्षेत्रमा रु.११ हजार ९८२ पाइएको छ ।

  सो खर्चमा ३९ प्रतिशत खाद्यक्षेत्र तथा ६१ प्रतिशत गैरखाद्यक्षेत्रमा हुने गरेको पाइएको छ ।

 सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार ४१ प्रतिशत परिवारले संस्थागत तथा गैरसंस्थागत क्षेत्रबाट ऋण लिने गरेको पाइएको छ ।

 ऋण लिनेमध्ये ४५ प्रतिशत सहरीक्षेत्रमा र ५५ प्रतिशत ग्रामीणक्षेत्रमा रहेको पाइएको छ । ग्रामीणक्षेत्रमा ऋण लिने परिवारमा पनि ५७.३ प्रतिशत परिवारले संस्थागत ऋण र ७१.५ प्रतिशतले गैरसंस्थागत ऋण लिएको पाइएकाले ग्रामीणक्षेत्रमा कर्जा प्रदान गर्ने संस्थागत क्षेत्रको अद्यापि विस्तार हुन नसकेको जनाइएको छ ।

Read Full Discussion Thread for this article