Posted by: chipledhunga August 19, 2008
Login in to Rate this Post:
0
?


दीपू, कथा मनपराइदिएकोमा धन्यवाद।
त्यही हो हेर न, नेपालमा बिजुली नआउनु भनेको त नियमित कुरो नै भयो नि। अनि त्यही अनुसार चल्ने बानी पनि परिसकेको हुन्छ। आइ एस्सी पढ्दाको कुरा हो, लोडशेडिङ भोग्न थालेको। बिहान ६ बजे कक्षा शुरु हुन्थ्यो, त्यो पनि सानो सानो झ्याल भएको कोठामा। ईमर्जेन्सी लाईट कालोपाटीतिर फर्काएर राख्नु पर्थ्यो ७ बजे तिर सम्म। कालोपाटीमा लेखेको पढ्न त सकिन्थ्यो तर आफूले चाँही अँध्यारैमा लेख्न पर्थ्यो। साँझमा ट्युसन पढ्न जाँदा पनि ऊही ताल। आँफै ईमर्जेन्सी लाईट बोकेर जानु पर्ने गुरुजिहरुकहाँ। त्यत्रो ग्रुप का ग्रुप पढाएर पनि दुई चारवटा बत्ती किन नकिनेका होलान्। पालै पालो गरेर ल्याउने गर्थ्यौं अनी।