Posted by: meunzip August 19, 2008
दीपकको प्रतिद्वन्द्वी पर्ूवविजेता
Login in to Rate this Post:     0       ?        

 

बेइजिङ ओलम्पिकमा नेपालले पदकको आशा राखेको तेक्वान्दो खेलाडी दीपक विष्टको पहिलो चरणमा प्रतिद्वन्द्वी पर्ूवओलम्पिक च्याम्पियन रहेका छन् । 

सोमबार बिहान निकालिएको 'ड्र' अनुसार दीपकले  समूह 'बी' मा इरानका पर्ूवविजेता सेइ हादीस“ग खेल्ने निश्चित भएको हो ।

उनले आगामी शुक्रबार यूएटीबी जिम्नेजियममा नेपाली समयअनुसार बिहान सवा १० बजे सेइस“ग प्रतिस्पर्धा गर्नेछन् । उनको समूहमा १६ खेलाडी रहेकामा कसैले बाई पाएनन् ।

दीपकले पुरानो प्रतिद्वन्द्वीस“ग खेल्न पाएकामा खुसी प्रकट गरे । 'प्रतिद्वन्द्वी अलि बलियो भएकाले केही चिन्ता लागेको छ,' उनले भने  । 'हादी मेरो तौल समूहको विश्व नम्बर-१ खेलाडी हो, अब मैले दिमागले बढी खेल्नर्ुपर्छ,' दीपकको भनाइ थियो । 'राम्रो खेलाडीस“ग प्रतिस्पर्धा गर्दा आफूलाई समेत फाइदा हुन्छ ।'

राष्ट्रले दीपकस“ग पदकको आशा गरेकाले केही दबाबमा देखिन्छन् । तर उनले तयारी राम्रो भएकाले दबाब महसुस नहुने बताए । 'राष्ट्रले मबाट आशा गरेको छ, म राष्ट्रको आशामा तुषारापात गर्दिन“ ।'

सन् २००७ को नोभेम्बरमा भियतनाममा भएको ओलम्पिकको एसियाली छनोट चरणमा पनि दीपकको भेट हादीस“ग भएको थियो । उक्त प्रतियोगितामा हादी समूह प्रथम ह“ुदै ओलम्पिकमा छनोट भएका थिए । दीपकले त्यसमा कांस्य जित्दै ओलम्पिकका लागि छनोट भएका थिए । उनी ओलम्पिक छनोट हुने दोस्रो नेपाली खेलाडी हुन् ।

 

From Kantipuronline.com

Read Full Discussion Thread for this article