मेरो मनमा आँधी चल्न थाल्यो। कसैलाई पनि चाहेर बिर्सिन सकिन्न। त्यो त झन सम्झिने उपाय हो। सम्झिन बरु चाहेर सकिन्न, तर चाहेर बिर्सिनु सम्भव छैन। ----
उ को हो भन्ने बिबादमा मेरो मन र मस्तिष्क नराम्रो सँग अल्झेका थिए। मनले उ मेरी क्षितिज हो भन्थ्यो, मस्तिष्कले आदित्यकी श्रीमती। जबाफ दिन उ को हो त्यो निर्क्योल हुनु पर्थ्यो। कहिले मनले पछार्थ्यो मलाई कहिले मस्तिष्कले। त्यसमाथि उ फुल झै देखिने बाणहरु लिएर अगाडी उभिएकी थिई। मन हावी भयो।
"जस्का शब्दहरु हुन उस्को त मन्दिर सजिएको थियो यो मनमा --मन्दिर त अहिले पनि छ तर जस्को मन्दिर हो यो उ अब छैन यहाँ-- तै पनि आफुले सजाएको मन्दिरको मायाँ लाग्ने रहेछ-- त्यसैले होला दीप अझै जलेकै छ यहाँ--हर पल जलेरै भए पनि मन्दिर भने उज्यालै राखेको छ--यो मन्दिर अब अध्याँरो त कहिल्यै हुँदैन--दीप नै निभ्यो भने चैं म भन्न सक्दिन।" छचल्किए यस्तै भावहरु मन भरी मेरा अनि पोखिए पनि। अनि देखें उस्का आँखाहरु बर्षिन लागे झै। ति बर्षिनु भनेको तिनका बाढीमा म बग्नु थ्यो। म बगेको बाढीले कसैको घर, फुलबारी तहस नहस गर्न सक्थ्यो। त्यसो हुन नदिनु मेरो दायित्व थियो। त्यसैले म बाहिरीन खोजें।
म ढोका तर्फ बढें, उस्ले मेरो बाटो छेकी।
"एउटा अनुरोध गरम?" उस्को आबाजमा धेरै कम्पन थ्यो। त्यो कम्पन आगो बन्दो थ्यो अनि मेरो मन मैन।
मैले टाउको हल्लाएर "हुन्छ" भनें। मलाई जति सक्दो छिटो त्यहाँबाट जानु थ्यो। मेघना कोही आउँछन कि भित्र भनेर हेर्दै थिई।
उस्लाई एक चोटी उस्को नाम लिएर बोलाउन क्षितिजले अनुरोध गरी।
एक क्षणको लागि त लाग्यो उस्लाई अंगालोमा बाँधु सधै सधैंको लागि। तर त्यो सम्भव थिएन। मन भित्र चलेको भुमरीमा म अघि नै परी सकेको थिएँ। मन भित्र त्यो भुमरीले कहिले देखि शान्त बसेका बादलहरुलाई बिच्क्याईदिएको थ्यो। बिजुली ब्युँझिएको थियो अनि ती बादलहरु अब अनियन्त्रित हुँदै मडारिन थालेका थिए। एक दुई वटा छिटाहरु मेरा आँखामा पनि पर्न थालेको मैले अनुभव गरें।
उस्लाई मैले मनको गहीराई देखि सम्बोधन गरें । उस्ले उस्का परेली हरु बन्द गरी अनि मेरो बाटो छोडी दिई।
म निस्किन त निस्किएँ कोठाबाट तर रबिन र आदित्यको अगाडी पुगिहाल्न सक्ने स्थितीमा भने थिईन।
मेघनालाई ल्यापटप दिंदै मैले बाहिर लगिदिन भनें। उ पनि बिचलित देखिन्थी तै पनि उस्ले हुन्छ भनी। "सोधे भने म बाथरुम गा छु भन्देउ" भन्दै म बाथरुम तिर लागें।
एक छिन पछि म फेरी बार्दलीमा थिएँ। आफ्नै कोठामा फेरी जाने हिम्मत थिएन। गल्ती त मैले केही गरेको थिएन सायद, तर सजायँ भने कठोर भेटेको थिएँ।
रात मध्यरातको निक्कै नजिक थ्यो। आदित्यले जाने कुरा उठायो। मेरो तर्फबाट रबिनले यतै बसम न त आज भन्दै औपचारीकता निभायो। मैले पनि उस्को समर्थन गरें। आदित्यले "अब अरु कुनै बेला" भन्यो। उस्ले मलाई नेपाल आएको बेला उस्को घर आउने निम्ता दियो। मैले हुन्छ त भनें तर त्यहाँ मलाई झुक्किएर पनि जानु थिएन। आदित्यले पनि मैले जस्तै बुझेको भए, उस्को घरमा आमन्त्रण पाउने म सायद अन्तिम ब्यक्ति हुन्थें होला।
हामी बार्दलीबाट भित्र आईम। आदित्यले क्षितिजलाई बोलायो। मलाई कस्तो कस्तो लाग्यो। यस्सै।
क्षितिजलाई देखेर मलाई लाग्यो उ बतास हो अब मेरो लागि। जिन्दगीको रापमा म कुनै बेला तप्त हुँदा उस्को स्पर्शले मलाई राहत त दिन्थ्यो तर म उस्लाई न त देख्न सक्थें न नै उ प्रति मेरो कुनै स्वामित्व थियो।
बिदाईको तयारी भयो। फेरी औपचारीकता अरु शब्दहरु छरिए। हरेक चोटी क्षितिज र मेरा हेराईहरु जुद्धा उदासीका फिलुङ्गाहरु छरिन्थे। पस्चिम आकासमा