Posted by: letsHaveFun August 18, 2008
Towards putinization??
Login in to Rate this Post:     0       ?        

With Sharma becoming the editor, will Kantipur lose its relatively neutral identity?? What do you say??

______________

कान्तिपुर र द काठमाडौं पोस्टका सम्पादक र वरिष्ठ पत्रकारहरूले राजीनामा दिएपछि सम्पादकको खोजीमा रहेका नवनियुक्त अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले साउन २५ गते बिहान  रामेश्वर थापाका नाममा ३५ करोड लगानी गरेका पुष्पकमल दाहाल 'प्रचण्ड' एवं माओवादी पार्टी नेतृत्वसँग भेटेपछि कान्तिपुर सम्पादकमा सुधीर शर्मालाई नियुक्त गरेका छन्।

त्यसअघि कान्तिपुर सम्पादकमा युवराज घिमिरेलाई ल्याउने निश्चित भएको र उनलाई सिरोहियाले वचनसमेत दिइसकेको बुझिएको छ।
नेपाल साप्ताहिकमा सम्पादक रहेका शर्माले सिरोहिया र प्रचण्डबीच भेट गराएपछि निर्णय परिवर्तन भएको बताइन्छ।  साउन २५ गते बिहान ८ बजे प्रचण्ड र सिरोहियाबीच एक घण्टासम्म भएको भेटमा प्रचण्डले कान्तिपुर सम्पादकमा शर्मालाई नियुक्त गर्न दबाब दिँदै यसबापत विभिन्न काम गराइदिने आश्वासन दिएको बुझिएको छ।  माओवादी स्रोतका अनुसार प्रचण्डले आफ्नो कट्टर आलोचना गरेको भन्दै घिमिरेको नामै लिएर उनलाई सम्पादक नराख्न दबाब दिएका थिए भने सिरोहियालाई आफ्नो नेतृत्वमा सरकार बन्ने भएकाले कान्तिपुरलाई फाइदा हुने बताएका थिए।
  २५ गते प्रचण्डसँग भेट हुनुअघि सिरोहियाले कान्तिपुर सम्पादकमा युवराज घिमिरे र पोस्ट सम्पादकमा अखिलेश उपाध्यायलाई नियुक्ति गर्ने निश्चित गरेका थिए।
२४ गते राजधानीको एभरेस्ट होटलमा सिरोहिया, घिमिरे र उपाध्यायबीच भएको भेटमा सिरोहियाले दुई सम्पादकलाई 'कन्फर्म' गर्दै बधाईसमेत दिएको स्रोतले बताएको छ। मिटिङ सकिएलगत्तै सिरोहियाले कान्तिपुर निर्देशक तथा पत्नी स्वस्तिका सिरोहियालाई त्यहीँबाट फोन गरेर कान्तिपुर सम्पादकमा युवराज घिमिरे र पोस्ट सम्पादकमा अखिलेश उपाध्यायलाई नियुक्ति गर्न प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए। प्रचण्डसँगको एक घण्टा लामो भेटपछि सिरोहियाले घिमिरेलाई फोन गरी निर्णय परिवर्तन गर्न आफू बाध्य भएको बताएको बुझिएको छ।  
यसअघि मजदुर युनियनका अध्यक्ष सूर्य ताजपुरिया शर्मालाई सम्पादक बनाउन माग गर्दै सिरोहियासँग डेलिगेसन गएका थिए।
प्रचण्डको दबाबमा सम्पादक नियुक्त भएका शर्माले कान्तिपुरलाई व्यावसायिक पत्रकारितावाट माओवादीको मुखपत्र बनाउनुपर्ने नैतिक दायित्व रहने बताइन्छ। १६ वर्ष लामो व्यावसायिक पत्रकारिता गरेको कान्तिपुरले अब माओवादीको विपक्षमा समाचार प्रकाशन गर्न पाउने वा नपाउने हेर्न बाँकी नै छ। प्रचण्डले शर्मालाई कान्तिपुरको सम्पादकमा नियुक्ति गर्न महत्वपूर्ण भूमिका खेलेपछि कतै कान्तिपुरमा माओवादीले समेत लगानी त गरेको छैन भन्ने आशंका पनि उठेको छ।

(weeklynepal.com)

Read Full Discussion Thread for this article