Posted by: highvoltage August 18, 2008
our politicians are all sissies!
Login in to Rate this Post:     0       ?        
कोशी व्यारेजको बाँध फुट्दा हजारौं जनता विस्तापित  :: नेपाल समाचार
- अमेरिकादर्पण सम्वाददाता
काठमाडौं, १८ अगस्ट, भदौ २/ भारत सरकारले लिजमा लिई प्रयोग गर्दै आएको कोशी ब्यारेजको पानी निकासका लागि ढोका नखोलिदा बढेको पानीको चापका कारण फुटेको सुनसरीको कोशी खण्डमा निर्मित चारवटा बाधहरुले कटान बढाएको छ ।

२५ हजारको संख्यामा स्थानीय जनता त्रासका कारण घर छोडी सुरक्षित स्थानको खोजि गर्दै सदरमुकाम इनरुवा पुगेका छन् । अहिले सो बाँध फुटेको कारण तीनवटा गाविस पूर्ण रुपले जलमग्न भएको छ।

नेपालसंग लिजमा लिई भारतले प्रयोग गर्दै आएको सुनसरीको पश्चिम कुशाहा ,हरिपूर का क्षेत्रमा निर्मित १२९० ,११७० ,१२१०र १०६० नम्वरका बाँधहरु पानीको तिव्र बाहाव का कारण तीव्र गतिमा कटान हुदै आएपनि सम्वन्धीत पक्षले भारत सरकारले समयमै मर्मत कार्य नगर्दा आज सो अवस्था आएको स्थानिय बासिन्दाले बताएका छन् ।

गए रातिदेखि पूर्णरुपले त्रसित बनेका सो भेगका बासिन्दाहरु आज बिहानैदेखि आआफना घरवार छोडी हजारौँको संख्याँमा सदरमुकाम इनरुवा र आसपासका सुरक्षित स्थानमा सरण लिन बाध्य भएका हुन । एक साता अघिदेखि नियमित रुपमा कटान हुदै आएका सो बाधहरु मध्यै १२९० र १२१० नम्वरको बाँध ९० प्रतिसत कटानहुन पुगि बाधँ भत्कीने संभावना बढेपछि सुनसरीको कोशी आसपास क्षेत्रमा अवस्थीत हरिपूर श्रीपूर, जुधगंज र कुशाहाका स्थानीय बासिन्दाहरु आज ठेला ,ट्याक्टर ,ट्रक,र अन्य सवारी साधाहरु प्रयोग गर्दै आ आफ्ना घरवार छाडेका छन ।

सम्भावित खतरा लाई मध्य नजर गर्दै सुनसरी प्रशासनले उद्धारका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरु, रेडक्रसकर्मीहरु अहिले घटना स्थल पुगेका छन । स्थितिलाई साम्य पार्न कोशी ब्यारेज प्रशासनले बिहान १० बजेदेखि त्याहांका सवै ढोकाहरु पूर्ण रुपले खोलिदिएको छ । सो क्षेत्रमा उत्पन्न् खतरा लाई मध्यनजर गर्दै प्रसासनले पौडिवाजहरु समेत परिचालन गरेको प्रमूख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।

Read Full Discussion Thread for this article